काठमाडौं । चांगन अटोले नेपाली बजारमा विक्री सुरु गरेको धेरै समयम भएको छैन । चिनियाँ ब्राण्डले नेपाली बजारमा ल्याएको हन्टर पीकअपले ग्राहकको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।
नेपाल आएको छोटो समयमा नै ३० भन्दा बढी ग्राहकले हन्टर पीकअप बुकिङ गरेको र ४१२ जनाभन्दा धेरैले टेष्ट ड्राइभ गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हन्टरमा १.९ लिटर टर्बोचार्ज्ड इन्जिन रहेको छ । जसले १५० हर्सपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । हन्टरको ग्राउण्ड क्लियरेन्स २३० एमएम छ भने १ टनसम्मको भारबहन क्षमता छ ।
चलाउन निकै सहज हन्टरमा ६ स्पीड अटोमेटीक गियरबक्स रहेको छ । यस बाहेकका पीकअपमा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, पुस बटम स्टार्ट, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।


