बजाजको प्लान्टमा बन्ने भयो केटीएमको सस्तो हूस्कभर्ना बाइक

काठमाडाैं । केटीएमले इन्ट्रीलेवल बाइकको उत्पादनमा हात हाल्ने भएको छ । कम्पनीले हूस्कभर्ना स्भर्टपेलेन-४०१ र भिट्पेलेन-४०१ बाइक २०१८ को अन्त्यसम्ममा भारतीय बजारमा सार्वजनिक गर्दैछ । 

यसको माग र बजारको सम्भाव्यता हेरेर केटीएमले भारतमा नै उत्पादन थाल्ने आँकलन गरिएको छ । 

अस्ट्रियन मोटरसाइकल कम्पनीले इन्डियामा उत्पादन सुरु गर्ने हल्ला चल्दैआइरहेको बेला केटीएमले आफ्नो इन्ट्रिलेवल हूस्कभर्ना बाइकको उत्पादन बजाजको चकन प्लान्टमा निर्माण गरिने जनाएको छ । 

हूस्कभर्ना स्भर्टपेलेन-४०१ र भिट्पेलेन-४०१ बाइक इन्डियामा निर्माण गरिनेछ । यो बाइकहरूमा प्रयोग हुने इञ्जिन केटीएम डुक-३९० र केटीएम डुक आरसी-३९० इञ्जिन नै प्रयोग हुने जनाएको छ । 

केटीएमले डुक-३९० र केटीएम डुक आरसी-३९० इन्डियामा योभन्दा अगाडि नै निर्माण गरिसकेको छ । 

हूस्कभर्ना स्भर्टपेलेन-४०१ र भिट्पेलेन-४०१ बाइक ग्लोबल मार्केटमा भने सार्वजनिक गरिसकेको छ । अहिले कम्पनीले उक्त बाइक माट्टीगोफेन, अस्ट्रियामा निर्माण गर्दैआएको छ । 

उक्त बाइकमा लाग्ने इञ्जिन भारतमै उत्पादन भइरहेकोले कम्पनीका लागि यो फाइदाजनक हुने बताएको छ । कम्पनीले योसँगै भारतमा आफ्नो छैटौँ मोडल उत्पादन हुने जनाएको छ, जसमा केटीएम बाइक पनि समावेश छ । 

कम्पनीले यो बाइक २०१९ को सुरुवातसम्ममा सार्वजनिक गर्ने बताएको छ । कम्पनीकाअनुसार केटीएम एड्भेन्टुरा-३९० को एसेम्बल पनि लाइनअपमा रहेको छ ।

हूस्कभर्ना सिरीजको सुरुवाती मूल्य दुई लाख २० हजार भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ । यसले बीएमडब्लू जी-३१० आर र जी-३१० जीएससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


Back_to_top