चितवनमा बस पल्टिँदा १५ घाइते, एक गम्भीर

चितवन । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । 

दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


Back_to_top