नयाँ हुन्डाई सेन्ट्रोको क्याम्पेन सुरु, कम्पनीले जारी गर्यो यस्तो स्केच

हुन्डाईले नयाँ (स्यान्ट्रो) एएच-२ को क्याम्पेन आजदेखि शुरु गरेको छ । कम्पनीले आज नै नयाँ कारको डिजाईन फोटो सार्वजनिक गरेको छ । 

नयाँ डिजाईन स्केच सार्वजनिक गरिएको यस कम्प्याक्ट कारमा शार्प टलब्वाय लुक्स दिइएको छ । साथै यसमा आर्कषक छत र मस्कुलर शोल्डर लाईन दिइएको छ । कारको रियरमा रुफ माउन्टेड स्पोयलर फ्लेयर्ड ह्वील आक्र्स, स्टाईलिश हेडल्याम्प र टेलल्याम्प देखाइएको छ । कारमा स्मार्ट एलोय ह्वील लगायतका विशेषताहरु रहेको केही महिना अघि परिक्षणको बेलामा देखिएको थियो । 

हुन्डाई एएच–२ मा अपडेटेड भर्सनको १.१ लिटर इन्जिन प्रयोग गरेको अनुमान गरिएको छ । यसमा लगाईने इन्जिनले ६६ पीएस पावर र ९५ एनएम टर्क उत्पादन गर्नेछ । यो कारमा ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन रहेको छ । 

यो पनि पढ्नुस्: नयाँ सेन्ट्राको क्याम्पेन ४ दिनपछि सुरु गर्दै हुन्डाई

हुन्डाईका अनुसार यस कार समकालीन परिवारको लागि बढि उपयुक्त हुन्छ, भने भारतीय बजारमा यसले हुन्डाई ईओनलाई विस्थापित गर्नेछ । यसका साथै हुन्डाईको नयाँ कारले  टाटा टियागो, रेनो क्विड र मारुती सुजुकी अल्टोसँग कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


Back_to_top