भोलिबाट कलंकी अन्डरपास संचालनमा आउने, यसरी हट्छ जाम

काठमाडौं । लामो समयको प्रतिक्षा पछि काठमाडौंको कलंकीमा निर्माण भएको पहिलो अन्डर पास भोली भदौ १ गतेबाट संचालनमा आउने भएको छ । 

सडक विभागका महानिर्देशक रबिन्द्रनाथ श्रेष्ठले उक्त अन्डरपास भोली शुक्रबारबाट संचालनमा आउने जानकारी दिए । 

‘भोलिबाट कलंकीमा निर्माण भएको अन्डरपास संचालनमा आउने छ, यसले कलंकी एरियामा हुने जामलाई घटाउने छ’ श्रेष्ठले मेरोअटोसँग भने । 

कलङ्की चोकमा निर्माण भएको अन्डरपास चार लेन फराकिलो र ३८ मिटर लामो रहेको छ ।

 ‘अन्डरपास’ संचालनमा आएसँगै नागढुङ्गा र कालिमाटीतर्फबाट आवत जावत गर्ने सवारी साधनले माथिल्लो भागको सडक प्रयोग गर्छन् भने चक्रपथमा घुम्ने सवारी साधनहरू  ‘अन्डरपास’ भएर जानेछन् । यसरी कलंकीको जाम हट्ने विश्वास लिइएको छ । 


Back_to_top