हुन्डाई मोटर कम्पनीले टोयोटा ल्याण्ड क्रुजरसँग प्रतिस्पर्धा गर्न नयाँ फुल साइज एसयूभी बनाउने भएको छ । कम्पनीले ‘ल्याण्डर फ्रेम एसयूभी’को डिजाइन सार्वजनिक गर्दै नयाँ एसयूभी ल्याउने संकेत दिएको हो ।
विश्व अटोमोवाइल बजारमा अफरोड एसयूभी सेग्मेन्टमा ठूलो ब्राण्ड नेम रहेको ल्याण्ड क्रुजरलाई टक्कर दिने तयारीमा रहेको हुन्डाईको डिजाइन निकै बल्की देखिएको छ ।
यसको लागि हुन्डाईले पूर्णत नयाँ च्याचिसको प्रयोग गर्ने छ । यसलाई कम्पनीले किया ब्राण्डसँग पनि सेयर गर्ने छ । यसले कम्पनीको लागत कम पर्ने बताइएको छ । यसलाई संभवत सन् २०२२ भित्र बजारमा उतार्ने छ ।
यसलाई कम्पनीले अफरोड एसयूभी धेरै बिक्री हुने बजारमा पहिला उतार्ने अनुमान गरिएको छ । त्यसको लागि संभवत अष्ट्रेलिया पहिलो बजार हुन सक्छ ।
यस बाहेक कम्पनीले नयाँ एसयूभीकाे बारेमा अन्य कुनै जानकारी दिएको छैन ।

