काठमाडौं । दशैं-तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै गाडी बिक्रेता कम्पनीहरुले विभिन्न किसिमका अफर योजना सहित नयाँ कार बजारमा उतार्न थालेका छन् ।
गएको एक हप्तामा हुन्डाईले दुई नयाँ कार बजारमा ल्याएको छ भने रेनो, डिएफएसके र टाटाले एक-एक नयाँ कार बजारमा उतारेका छन् ।
यी ५ कारमा हुन्डाई क्रेटा र डिएफएसके ग्लोरी ५६० एसयूभी हुन् भने रेनो क्वीड इन्ट्री लेवल ह्याचव्याक, टाटा अल्ट्रोज प्रिमियम ह्याचव्याक र हुन्डाई ग्राण्ड आई १० नियोस मिडसाइज ह्याचव्याक कार हो ।
नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु, यस्तो छ ५ भेरियन्टको मूल्य
मूल्यको हिसावले हुन्डाई क्रेटाको सुरुवाती मूल्य ४३ लाख ९६ हजारदेखि ६५ लाख ९६ हजारसम्म रहेको छ । कम्पनीले विभिन्न ६ भेरियन्ट र दुई इन्जिन अप्सनसहित क्रेटा बजारमा उतारेको छ ।
नेपाल आयो नयाँ एसयूभी ‘ग्लोरी ५६०’, यस्तो छ मूल्य
त्यस्तै डिएफएसके ग्लोरी ५६० पनि नयाँ आएको एसयूभी हो । यसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकेर कम्पनीले बिक्री सुरु गरेको छ ।
टाटा अल्ट्रोजको बुकिङ सुरु, डिजिटल प्ल्याटफर्मबाट भयो सार्वजनिक
टाटा अल्ट्रोजलाई विभिन्न ४ भेरियन्टमा टाटाले नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले यसको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ राखेको छ भने, टप भेरियन्टको मूल्य ३८ लाख ५५ हजार रुपैयाँ राखेर बिक्री सुरु गरेको छ ।
हुन्डाई ग्राण्ड आई १० नियोस दुई भेरियन्टमा सार्वजनिक, यस्तो छ मूल्य
हुन्डाईको नयाँ ग्राण्ड आई १० नियोसपनि बजारमा एक हप्ता भित्रै सार्वजनिक भएको मोडल हो । नियोस पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसको दुई भेरियन्ट मग्ना र स्र्पोटज् नेपाल आएको छ । मग्ना भेरियन्ट अटोमेटिक र म्यानुयल दुबै गियरबक्समा उपलब्ध रहेको छ भने स्र्पोटज् भेरियन्ट म्यानुयल गियरबक्समा मात्रै उपलब्ध रहेको छ । मग्ना म्यानुयलको मूल्य ३० लाख ९६ हजार रहेको छ भने, अटोमेटिक मग्ना र स्र्पोटज् भेरियन्टको मूल्य समान ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
यस्तो देखियो शोरुममा रेनो क्वीड फेसलिफ्ट
त्यसैगरि रेनोले नेपाल ल्याएको फेसलिफ्ट क्वीड पनि सार्वजनिक भएको छ । कम्पनीले यसको टप भेरियन्ट आरएक्सटी (ओ) भेरियन्ट मात्रै नेपाल ल्याएको छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको छ ।
यी हुन् बुकिङ खुल्ला भएका एसयूभी
कियाले सोनेट सब फोर मिटर एसयूभीको बुकिङ खुल्ला गरेको छ । कम्पनीले ३५ लाख ९० हजारदेखि ५७ लाख ९० हजारसम्म मूल्य निर्धारण गरेर सोनेटको बुकिङ खुल्ला गरेको हो ।
किया सोनेटको ४ भेरियन्टको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ३५ लाख ९० हजार
त्यसैगरि माज्दाले आफ्नो ३ मोडलका एसयूभीको बुकिङ सुरु गरेको छ । कम्पनीले माज्दा सिएक्स ५ का दुई भेरियन्ट र सिक्स ९ को बुकिङ सुरु गरेको हो ।
कम्पनीले २.० लिटर इन्जिन युक्त सिएक्स ५ को मूल्य १ करोड २५ लाख ९० हजार र २.८ लिटर इन्जिन युक्त अल ह्वील ड्राइभ मोडलको मूल्य १ करोड ४८ लाख ९० हजार मूल्य तोकेको छ ।
माज्दाले खोल्यो बुकिङ, यस्तो छ ३ मोडलको मूल्य
माज्दाले सिएक्स ९ मोडलको मूल्य भने १ करोड ६३ लाख ४९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको छ ।
अफरहरु आउँदै
अहिलेसम्म फोर्ड, हुन्डाई र डिएफएसकेले दशैं लक्षित योजना सार्वजनिक गरिसकेका छन् भने अन्य कम्पनीहरुले नयाँ योजना सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएका छन् ।

