हुन्डाई ग्राण्ड आई १० नियोस दुई भेरियन्टमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले ग्रान्ड आई १० नियोसको दुई भेरिइन्ट नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले नियोसको म्याग्ना र स्पोर्टज् भेरियन्ट नेपाल ल्याएको हो ।

कम्पनीले ग्राण्ड आई १० नियोसको म्याग्ना भेरियन्टको मूल्य ३० लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ३३ लाख ९६ हजार तोकेको छ । मग्ना भेरियन्ट अटोमेटिक गियरमा पनि उपलब्ध रहेको छ । मग्ना अटोमेटिकको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

ग्राण्ड आई १० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता विशेषता दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ ।

यसमा मेसिन कट अलोय ह्वील दिइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइट सेटअप दिइएको छ । ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ ।

यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ ।

इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ ।

हुन्डाईको कनेक्टेड कार टेक्नोलोजीको विशेषता यसमा पनि दिइएको छ । कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top