टाटा अल्ट्रोजको बुकिङ सुरु, डिजिटल प्ल्याटफर्मबाट भयो सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो चर्चित प्रिमियम ह्याचब्याक कार अल्ट्रोजको डिजिटल प्रविधि मार्फत बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टमा आएको टाटा अल्ट्रोज सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

साथै, सिप्रदीले आजदेखि नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोजको बुकिङ्ग खुल्ला गरेको छ ।

टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो ह्याचव्याक कार हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि उपलब्ध रहेको छ ।

गाडी सार्वजनिक गर्दै टाटा मोटर्सका प्यासेन्जर भेहिकल–इन्टरनेसनल बिजनेस हेड सुजन रोयले भने, ‘अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै आजबाट हामीले प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेका छौं । प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पु¥याउनेमा हामी ढुक्क छौं ।’

साथै, कार्यक्रममा नेपालमा यसको बजारीकरणको विषयमा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने ‘प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थपिएसँगै आफुहरु अर्को चरणमा प्रवेश गरेका छौं । नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ्ग डिजाइन, सुरक्षित, प्रबिधियुक्त र ड्राइभिङ्ग डाइनामिक्सलाई पुनःपरिभाषित गर्दछ । त्यसैले गर्दा हामी हाम्रा ग्राहकको माग र रुचि अनुसारका नयाँ उत्पादनहरु सार्वजनिक गर्दै लैजानेछौं । ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख उद्देश्य हुनेछ ।’

यस गाडी विविध किसिमका सुविधा र विशेषताहरुले भरिपुर्ण रहेको छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्छ ।

ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडल स्टप/स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका उत्कृष्ट विशेषता पाउन सकिन्छ ।


Back_to_top