काठमाडौं । दिगो ग्रुपले इलेक्ट्रीक कार E8 को बुकिङ खुल्ला हुने भएको छ । कम्पनीले चालु आर्थिक वर्षको बजेटपछि इलेक्ट्रीक कारको नयाँ मूल्य प्रकाशन गरेको थिएन । अब भने नयाँ मूल्य कायम गर्दै भोलि शुक्रबारबाट बुकिङ खुल्ला गर्ने भएको हो ।
कम्पनीले यसअघि १८ लाख ९५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको इ८को नयाँ मूल्य २६ लाख ९९ हजार ९९९ रुपैयाँ कायम गर्दै बुकिङ खुल्ला गरेको जनाएको छ ।
इ८ मा कम्पनीले ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिएको छ भने यस स्पोर्ट र इको ड्राइभ मोड दिइएको छ । यसमा पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन दिइएको छ । रियर क्यामेरा, पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभीएम जस्ता फिचर उपलब्ध रहेको छ ।
इ८ मा रहेको १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा प्रयोग भएको मोटरले २० बीएच पावर र १८० एनएम टर्क प्रदान गर्छ । घरायसी बत्तीमा सजिलै चार्ज गर्न सकिने कारमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टम दिइएको छ
दिगो इ८ को बुकिङ खुलेको जानकारी दिदै दिगो ग्रुपका सिइओ हेमन्त पुरानिकले भने ‘विद्युतीय सवारी प्रयोगलाई बढवा दिन कम्पनी काम गरिरहेको छ । यसले स्वदेशमै उत्पादित जलविद्युत्को प्रयोग बढाएर राष्ट्रलाई मद्दत गर्ने छ । त्यसैले तपाई दिगो इ८ खरिद गर्ने सोच राख्न सक्नुहुन्छ ।’

