नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु, यस्तो छ ५ भेरियन्टको मूल्य

काठमाडौं । नयाँ जेनेरेशन क्रेटाको नेपालमा बिक्री सुरु भएको छ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले आज डिजिटल प्ल्याटर्फमबाट नयाँ क्रेटा सार्जजनिक गरेको हो ।

कम्पनीले नेपाली बजारमा ५ भेरियन्टमा नयाँ क्रेटा उपलब्ध गराएको छ । कम्पनीले डिजल इन्जिनमा दुई भेरियन्ट र पेट्रोल इन्जिनमा तीन भेरियन्ट बजारमा ल्याएको हो ।

कम्पनीले ल्याएको डिजल इन्जिन युक्त नयाँ जेनेरेशन क्रेटा इ भेरियन्टको मूल्य ४३ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरि कम्पनीले पेट्रोल इन्जिनमा सुरुवाती भेरियन्ट इएक्स ल्याएको छ । यसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ । त्यस्तै क्रेटा एस भेरियन्टको मूल्य ५२ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रहेको छ । कम्पनीले अटाेमेटिक भेरियन्टमा एसएक्स पनि ल्याएकाे छ । यसकाे मूल्य ६५ लाख ९६ हजार रुपैयाँ ताेकिएकाे छ ।

नयाँ जेनेरेशन क्रेटामा डिजल र पेट्रोल दुबै इन्जिन १.५ लिटर क्षमताको दिइएको छ ।


Back_to_top