काठमाडौं । किया सोनेटको नेपालमा बिक्री सुरु हुने भएको छ । कियाको आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले नयाँ सब फोर मिटर एसयूभीको बुकिङ खुल्ला गर्न लागेको जनाएको छ ।
गत शुक्रबारबाट भारतमा बिक्री सुरु भएको सोनेटको आजबाट नेपालमा बुकिङ खोल्न लागिएको हो ।
कम्पनीले आज यसको मूल्य सार्वजनिक गर्ने बताएको छ । यद्यपी हामीले सोनेटको सुरुवाति मूल्य ३५ लाख हाराहारी हुने अनुमान गरेका छौं । यसको टप जिटीलाईन भेरियन्टको मूल्य करिब ५७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
कम्पनीले ४ भेरियन्टमा किया सोनेट नेपाल ल्याउने छ । जसमा एचटीइ, एचटीके, एचटीके प्लस र जिटी लाइन भेरियन्ट आउने छ ।
यस्तोमा किया सोनेटको टप भेरियन्टमा उपलब्ध फिचरहरुमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, यूभिओ कनेक्ट सिस्टम, एआई वेस भ्वइस रिकग्नेसन अपडेट, वायरलेस मोवाइल चार्जर जस्ता विशेषता रहेका छन् ।
स्टायडर्ड भेरियन्टमा २ एयरव्याग रहेको सोनेटको टप भेरियन्टमा ६ वटासम्म एयरव्याग, एलइडी डेटाइम रनिङ लाइटसँग जोडिएको एलइडी हेडल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टिपीएमएस सेन्सर, इन्जिन स्टार्ट स्मार्ट कि, २११ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता पाउन सकिन्छ ।

