माज्दाले खोल्यो बुकिङ, यस्तो छ ३ मोडलको मूल्य

काठमाडौं । पारामाउन्ट मोटर्सले डिलर लिएपछि पहिलो पटक माज्दाको बुकिङ खुल्ला भएको छ । कम्पनीले माज्दाका तीन एसयूभीको बुकिङ खुल्ला गरेको हो ।

माज्दा सिएक्स ५ को २.० लिटर इन्जिन युक्त एसयूभीको मूल्य १ करोड २५ लाख ९० हजार र सिएक्स ५ कै २.५ लिटर इन्जिनयुक्त गाडीको मूल्य १ करोड ४८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले ल्याएउने सिएक्स ९ सेभेन सिटर एसयूभीको मूल्य १ करोड ६३ लाख ४९ हजार रुपैयाँ तोककेर बुकिङ खुल्ला गरेको हो ।

जापानी प्रिमियम ब्राण्ड माज्दाका एसयूभी यसअघि पद्म श्री मोटर्सले बिक्री गर्दै आएकोमा गत चैतमा यसको आधिकारीक वितरक परिवर्तन भएर पारामाउन्ट मोटर्सले लिएको थियो । त्यसपछि कम्पनीले नयाँ शोरुम निर्माण गरिरहेको भने नयाँ ग्राहकको लागि बुकिङ खुल्ला गरेको जनाएको छ ।

कम्पनीले ल्याएको २.५ लिटर क्षमताको सिएस ५ र सिएक्स ९ मा अल ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ ।

अहिले बुकिङ खुल्ला गरेको भएपनि उक्त गाडीहरु सन् २०२१ को सुरुवातमा मात्रै ग्राहकले डेलिभरी पाउने कम्पनीले जनाएको छ ।
‘हामीले ग्राहकलाई दिने सबै गाडी २०२१ मोडल हुने छन्, अहिले बुकिङ गर्ने ग्राहकले सन् २०२१ को सुरुवातमै नयाँ गाडी चढ्न पाउँछन्’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।


Back_to_top