नयाँ क्रेटामा १ लाख ५० हजार छुट, थप अर्को १ लाखसम्म पाइने

काठमाडौं । हुन्डाई मोटर्सले हिजो सोमबार सार्वजनिक गरेको नयाँ जेनेरेशन क्रेटामा कम्पनीले १ लाख ५० हजार नगद छुट दिने भएको छ । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटामा आफ्नो दशैं-तिहार स्कीम अन्तर्गत उक्त रकम छुट दिने भएको हो ।

कम्पनीले ल्याएको नयाँ स्कीम ‘यसपालीको दशैं-तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा हुन्डाईको नयाँ जेनेरेशन क्रेटा किन्ने ग्राहकले १ लाख ५० हजार नगद छुटको साथमा स्क्र्याच कार्ड मार्फत न्यूनतम २० हजारदेखि १ लाखसम्म नगद जित्न सक्ने छन् ।

पुरानो क्रेटा र नयाँ क्रेटाको फरक थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

यस्तोमा नयाँ क्रेटा किन्ने ग्राहकले न्यूनतम १ लाख ७० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म नगद छुट प्राप्त गर्ने छन् ।

विभिन्न ६ भेरियन्टमा नेपाल आएको नयाँ क्रेटाको पेट्रोल भेरियन्ट इएक्स भेरियन्टको मूल्य ४८ लाख ९६ हजार, एस भेरियन्टको ५२ लाख ९६ हजार, एसएक्स भेरियन्टको ५९ लाख ९६ हजार र एसएक्स सिभिटी भेरियन्टको ६५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि कम्पनीले डिजल इन्जिनमा दुई भेरियन्ट ल्याएको छ । जसको सुरुवाती भेरियन्ट इ को मूल्य ४३ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ । गाडीको थप जानकारीको लागि यहाँ गर्नुहोस् ।


Back_to_top