हुन्डाईले अगष्टमा बेच्यो झण्डै ६६ हजार कार

काठमाडौं । हुन्डाई मोटर इन्डियाले सन् २०२६ को अगष्टमा घरेलु बजारमा हालसम्मकै धेरै कार बिक्री गरेको छ ।

कम्पनीले १ महिनामा घरेलु बजारमा ५४ हजार ३९६ युनिट गाडी बिक्री गरेको हो । जुन अगष्ट महिनामा बिक्री भएको हालसम्मकै धेरै हो ।

यस वर्षको अगष्टमा गत वर्षको सोही अवधिको तुलनामा हुन्डाईको घरेलु बिक्री १२ हजार १७० युनिट अर्थात् २८.८२ प्रतिशतले बढेको हो । जुलाइमा हुन्डाईले भारतमा ५४ हजार २२६ युनिट कार बेचेको हो ।

अगष्टमा हुन्डाईको घरेलु बिक्री बढे पनि निर्यात भने ३०.९१ प्रतिशतले घटेको छ । यो महिना हुन्डाईले भारतबाट ११ हजार ४०० युनिट कार विदेश पठाएको छ । जुन गत वर्ष सोही अवधिकोभन्दा ५१०० युनिट कम हो ।

हुन्डाईले अगस्टमा समग्मा कुल ६५ हजार ७९६ युनिट कार बिक्री गरेको छ । यो सन् २०२५ को अगष्टको तुलनामा ८.७५ प्रतिशत धेरै हो । । गत वर्ष अगष्टमा ६० हजार ५०१ युनिट गाडी बिक्री गरेको थियो ।

हुन्डाईले गाडी बिक्रीमा गत महिना पहिलोपटक महिनामा ७५ हजारको युनिटको आँकडा पार गरेको थियो ।

हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने आइसकेको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले सन् २०२५ को नोभेम्बरमा बजारमा ल्याएको न्यू जेन भेन्युमा ग्राहकको उच्च आकर्षण देखिएको छ ।


Back_to_top