स्टाइलिश कम्प्याक्ट सेडान कार ‘हुन्डाई अउरा’

काठमाडाैं । हुन्डाईका कारहरू नेपाली उपभोक्ता माझ प्रमुख रोजाइको कार बन्न सफल भएका छन्। हुन्डाईले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै प्रिमियम उत्पादनहरू प्रस्तुत गर्दै  आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको छ।

हुन्डाई अउरा नेपाली ग्राहकहरूको ‘भाइब्रेन्स अफ पोजिटिभिटी’ र ‘स्पिरिट टु गो द डिस्टेन्स’ द्वारा परिभाषित गरिएको कम्प्याक्ट सेडान कार हाे । पुरानो कारबाटअपग्रेड गर्न चाहने  वा नयाँ कार किन्न चाहने ग्राहकहरुका लागि हुन्डाई अउरा एउटा उत्कृष्ट रोजाइ हुन सक्छ । यसको यूनिक डिजाइनले हुन्डाईको विशिष्ट सिरियस स्पोर्टीनेसकाे व्याख्या गर्दै आधुनिक र आकर्षक शैलीलाई व्यक्त गर्छ ।

हुन्डाई अउराको अगाडिको भागमा बुमर्‍याङ डे टाइम रनिङ लाइट, प्रिमियम स्टाइलकाे फ्रन्टग्रील र आकर्षक प्रोजेक्टर फगल्याम्प जडान गरिएको छ । कूप्पे कार जस्तो ढाँचा र यूनिक क्यारेक्टर लाईनले अउरालाई अझै आकर्षक देखाएको छ । यसमा प्रयोग भएको १४ इन्चकाे डायमण्डकट अलोय ह्वीलले यसको साइड प्रोफाइल आकर्षक देखाउनुका साथै ग्राउण्ड क्लियरेन्स समेत १६५ एमएमको बनाएकाे छ ।

फराकिलो र बलियो बम्पर डिजाइन, एलइडी टेलल्याम्प र स्टाइलीस थ्री डायमेन्सन आउटर लेन्सको साथ हुन्डाई अउराको पृष्ठभागको आकार निकै भिन्न रहेकाे छ । ट्रन्कको ढोकामा क्रोमस्ट्रीप र ग्लसी व्ल्याक  र्‍यापले यसलाई  सेग्मेन्टको अन्य कारहरू भन्दा आकर्षक कम्प्याक्ट सेडान बनाउँछ । आकर्षक रुप, सवारीको सहज अनुभव र आधुनिक प्रविधिको सन्तुलित संयोजन हुन्डाई औरामा पाउन सकिन्छ ।

उत्कृष्ट ड्राइभिङ प्रफर्मेन्स र गतिशीलताले अउरा चलाउँदा सहज अनुभव गराउछ । यसमा धेरै पहिला  प्रमाणित १.२ लिटरको कप्पा डिउल भिटीभिटी पेट्रोल इन्जिन रहेकाे छ । जसले ६ हजार आरपीएममा ८३ पीएस पावर तथा ४००० आरपीएममा ११४ एनएम टाेर्क प्रदान गर्छ । अउरा आफ्नो सेगमेन्टमा सबैभन्दा इन्धन इफिसियन्ट कार हो ।

हुन्डाईले बजारको आवश्यकता अनुरूप उत्पादनहरू क्युरेट गर्दै आएको छ । सोही कुरा हुन्डाई अउराको आरामदायी र सहज विशेषताहरुमा स्पष्ट देखिन सकिन्छ । यसको आरामदायी क्याबिन, कुलिङ ग्लोभबक्स, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, एड्जसटेवल रियर हेडरेस्ट, रियर एसी भेन्टस्, किलेस् इन्ट्री, स्टीयरिङ व्हील माउन्टेड कन्ट्रोलस, उत्कृष्ट ४०२ लिटरको बुट स्पेस  र अन्य
विशेषताहरू सहित अउराको सम्पूर्ण क्याबिन प्रिमियम र धेरै व्यावहारिक बनाइएको छ ।

हुन्डाई अउराको बनावट गुणस्तर उच्च रहेको छ । एकीकृत ६५ प्रतिशतकाे एएचएसएसले डिजाइन गरिएको हुँदा, याे कारकाे बडीकाे संरचना हलुका भए पनि बनावट मजबूत छ। जसका कारण उच्च गतिको स्थिरतामा कहिल्लै सम्झौता गर्दैन । नेपाली बजारमा हुन्डाई औराको प्रारम्भिक मूल्य  ३६ लाख ५६ हजार रहेको छ ।


Back_to_top