काठमाडौं । हुन्डाई मोटर्सको लोकप्रिय एसयूभी क्रेटाले उत्पादनको ४ वर्ष पुरा गरेको छ । उत्पादन सुरु भएको ४ वर्षमा ५ लाख युनिट बिक्री गर्दै सफलताको स्वादसमेत चाखेको छ ।
भारतीय बजारमा सफलता पाएको हुन्डाईले क्रेटा चीनमा समेत बिक्री गर्ने तयारी गरेको छ । क्रेटा चीनमा आई २५ को नाममा बिक्री हुने छ । भारतसहित चीन तथा ब्राजिलमा समेत क्रेटाले आफ्नो बजार विस्तार गरिरहेको छ ।
नेपाली बजारमा पनि हुन्डाई क्रेटा निक्कै लोकप्रिय एसयूभीमा पर्छ । हुन्डाईका गाडी नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ । मिडसाइज एसयूभी भएकाले सहरी तथा अफ रोड बाटोमा समेत सजिलै चलाउन सकिने भएकाले क्रेटा नेपाली उपभोक्ताको रोजाईमा परेको हो ।
यहाँ क्रेटाबारे पाँच तथ्य उल्लेख गरिएको छ ।
मूल्य
हुन्डाई क्रेटाको बजार मूल्य ४३ लाख १६ हजारदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । क्रेटा डिजेल र पेट्रोल इन्जिनमा विभिन्न ७ भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ ।
एनक्याप रेटिङ
२०१५ को डिसेम्बरमा भएको एसीपीए क्रास टेस्टमा हुन्डाई क्रेटाले ५ मा ४ स्टार पाएको थियो । यसरी परिक्षण गरिएको क्रेटा भारतीय उत्पादन हो भने यसका सबै भेरियन्टमा कम्तीमा दुईवटा फ्रन्ट एयरब्याग रहेका छन् । यसका अलावा क्रेटामा सुरक्षाका लागि विभिन्न विशेषताहरु उपलब्ध रहेको छ ।
क्रेटा फेसलिफ्ट
२०१८ को मेमा हुन्डाईले क्रेटाको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको हो । फेलिफ्ट क्रेटामा केही परिमार्जन सहित बजारमा ल्याइएको थियो । फेसलिफ्टको टप भेरियन्टमा इलेक्ट्रीक सनरुफ समेत उपलब्ध रहेको छ ।
५ लाख वटा बिक्री
२०१९ को सुरुमै हुन्डाई इन्डियाले क्रेटाको बिक्री ५ लाख नाघेको घोषणा गरेको थियो । यो बिक्री तथ्यांक विश्वभरको भएको कम्पनीको भनाई छ । हुन्डाई क्रेटा भारत सहित ब्राजिल, रसिया र चीनमा उत्पादन हुँदै आएको छ ।
नेक्सट जेन मोडल आयो, चीनमा अर्को महिना सार्वजनिक हुने
हुन्डाई क्रेटाको नयाँ मोडल कम्पनीले देखाई सकेको छ । क्रेटा बिक्री हुने बजारमा नयाँ मोडलले पुरानोलाई प्रतिस्थापित गर्नेछ । यो मोडल चिनियाँ बजारमा अर्को महिना सार्वजनिक हुनेछ । चीनमा क्रेटा आई २५ नाममा बिक्री हुने जनाइएको छ । नयाँ मोडल भारतीय बजारमा भने २०२० मा आउने छ । त्यसपछि उक्त मोडल नेपाली बजारमा समेत आउने छ ।

