मेगा मोटर्सले मनायो ८औं वार्षिक उत्सव, बालकुमारीमा खोल्यो दोस्रो शोरुम

काठमाडौं । मेगा मोटर्सले आफ्नो दोस्रो सोरुम संचालनमा ल्याएको छ । निसान र ड्याटसन गाडीको डिलरको रुपमा कार्य गरिरहेको कम्पनीले आफ्नो दोस्रो शोरुम ललितपुरको बालकुमारीमा संचालन गरेको हो ।

स्थापनाको आठौं वार्षिकोत्सव समेत मनाएको कम्पनीले विगत एक वर्षदेखि निसान र ड्याटसन गाडीको बिक्री गर्दै आएको छ ।

मेगा मोटर्सको पहिलो शोरुम महाराजगंजमा रहेको छ । आठौँ वर्ष प्रवेशको अवसरमा कम्पनीका प्रबन्ध निर्देशक महेश पालले भविष्यमा आफु र आफ्नो संस्थाले अटो क्षेत्रमा अझै सक्रियता देखाएर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । 

कार्यक्रममा मुख्य अतिथिको रुपमा आफ्नो कुरा राख्दै पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दिप सारडाले छोटो समयमै ‘बेस्ट डिलर’ मध्ये एक बन्न सफल भएकोमा मेगा मोटर्सलाई बधाई दिएका थिए । 

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका सचिव अनुपकुमार बरालले अटोमोबाइल क्षेत्रमा मेगा मोटर्सको सफलतालाई सरहाना गरे ।


Back_to_top