नेपालमा सर्वाधिक विक्री हुने अटोमेटीक कार (मूल्यसहित)

काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने अटोमेटीक कार हुन्डाई क्रेटा हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको क्रेटाको दुई भेरियन्टमा अटोमेटीक गियरबक्स उपलब्ध रहेको छ ।

क्रेटा एसएक्स र एसएक्स (ओ) सिभीटी गियरबक्समा उपलब्ध रहेको छ । कम्पनीले यी दुई भेरियन्टको मूल्य क्रमशः ६८ लाख ९६ हजार र ७४ लाख ९६ हजार कायम गरेर विक्री गर्दै आएको छ ।

हुन्डाईले यी दुबै भेरियन्टमा १.५ लिटर क्षमताको एमपीआई पेट्रोल इन्जिन दिएको छ । १४९७ सीसी क्षमताको, फोर सिलिण्डर, फोर भल्भ, डिओएचसी इन्जिनले अधिकतम ६३०० आरपीएममा ११५ पीएस पावर र ४५०० आरपीएममा १४४ एनएम टर्क प्रदान गर्छ । एआरएआईले प्रमाणित गरे अनुसार यसले १७ किलोमिटरसम्म माइलेज दिन्छ । तर, काठमाडौंको ट्राफिकमा यसले १० देखि १२ किलोमिटरसम्म प्रतिलिटर माइलेज दिन्छ ।

सहरी क्षेत्रमा बढ्दो ट्राफिक जाममा चालकलाई सहजता प्रदान गर्ने यो अटोमेटीक कार सर्वाधिक विक्री हुने मोडल हो । फिचर लोडेड एसयूभीको रुपमा बजारमा परिचय बनाएको क्रेटामा चारवटै चक्कामा डिस्क ब्रेक, १७ इन्चको अलोय ह्वील, पावर एसिस्टेड स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

क्रेटाको टप भेरियन्ट एसएक्स (ओ) मा यात्रु र चालकको सुरक्षाको लागि ६ वटा एयरव्याग, टायर प्रेसर मोनिटर, चाइल्ड सिट एङ्कर प्वइन्ट, सिटवेल्ट वार्निङ, इबीडीको साथमा एबीएस, ब्रेक एसिस्ट, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम, हिल होल्ड कन्ट्रोल, ट्रायाक्सन कन्ट्रोल, जस्ता सिस्टम प्रदान गरिएको छ ।

गाडीलाई सुविधा सम्पन्न बनाउन अटोमेटीक क्लाइमेट कन्ट्रोल, रियर एसी, हिटर, डाइनामिक गाइड लाइन सहितको रिभर्स पार्किङ क्यामेरा यसमा रहेको छ । त्यस्तै पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, स्पीड वार्निङ, हेडलाइट इग्नीसन अन रिमाइन्डर, किलेस स्टार्ट/स्टप बटम, आवस्यकता अनुसार मिलाउन मिल्ने स्टेरिङ, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ६ तरिकाले मिलाउन मिल्ने अगाडिको प्यासेन्जर सिट, लेदर सिट, आकर्षक गियर नव, आर्मरेष्ट, अगाडिको दुई भ्यान्टीलेटेड सिट, ड्यूल टोन इन्टेरियर दिइएको छ ।

मनोरञ्जनको लागि ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, ६ वटा स्पीकर, व्लूटुथ कनेक्टीभीटी, स्टेरिङमा दिइएको कन्ट्रोल बटम, भ्वाइस कमान्ड, हुन्डाईको व्लू लिंक कनेक्टीभीटी जस्ता फिचर यसमा उपलब्ध छन् ।


Back_to_top