काठमाडौं । यामाहाले काठमाडौंमा माइलेज च्यालेन्ज कार्यक्रम आयोजना गरेको छ । यामाहाले बल्खुमा रहेको रिसिक अटोबाट सुरु भएको माइलेज च्यालेन्ज लाकुरी भञ्याङ पुगेर समापन भएको हो ।
उक्त यामाहा माइलेज च्यालेन्जमा यामाहा रे जेडआर १२५ का ग्राहकले सहभागिता जनाएका थिए । यस माइलेज च्यालेन्ज कार्यक्रममा ३० भन्दा धेरै रे जेडआरका ग्राहकहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त माइलेज च्यालेन्जमा उज्वला धिमिरे प्रथम, सुजन मर्हजन दोस्रो र सुनिल लम्साल तेस्रो भएको कम्पनीले बताएको छ । उज्वला धिमिरेले प्रतिलिटर ६१ किलोमिटर, सुमन मर्हजनले ५९ किलोमिटर र सुनिलले ५७ किलोमिटर माइलेज प्राप्त गरेको थियो ।
कम्पनीले यामाहा रे जेडआरको माइलेज ५८ किलोमिटर माइलेज दावी रहेको छ । तर हामिले गरेको माइलेज टेष्टमा भने त्यो भन्दा धेरै माइलेज पाइरहेको छौं । आज हामिले गरेको माइलेज टेष्ट उकालो बाटो तथा अफरोड रहेको थियो । त्यस्तो अबस्थामा पनि यामाहा रे जेडआरले ६० भन्दा धेरै किलोमिटर माइलेज दिएको छ । अनरोडमा यसको टेष्ट गर्दा अझै धेरै माइलेज पाउन सकिन्छ, कम्पनीको मार्केटिङ हेड विवेचना श्रेष्ठले मेरोअटोसँग भनिन् ।

यामाहाले देशभर नै यसरी माइलेज च्यालेन्ज कार्यक्रम गर्दै आएको छ । यसलाई अझै निरन्तरता दिने कम्पनीले बताएको छ भने यस्तो कार्यक्रमले ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्ने र ब्रान्ड प्रति विश्वास बढ्ने कम्पनीले बताएको छ ।

