काठमाडौं । टोयोटाको नयाँ एसयूभी राइज नेपाल आएको छ । यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल ल्याएको राइज केही दिनपछि विक्री सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
नेपालमा राइज ४ भेरियन्टमा विक्री सुरु गर्ने तयारी गरिएको भएपनि अहिले राइजको दुई भेरियन्ट मात्रै नेपाल आइपुगेको हो । अहिले १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा मात्रै राइज नेपाल आएको छ । अबको केही दिनपछि १.० लिटर टर्बो इन्जिनमा राइज नेपाल आउने कम्पनीले बताएको छ ।
टोयोटाले नेपाल आएको राइज १.२ लिटर म्यानुयल भेरियन्टको मूल्य ६६ लाख तोकिएको छ भने, १.२ लिटर अटोमेटीक भेरियन्टको मूल्य ७२ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ ।
यसमा रहेको नेचुरल्ली एस्पीरेटेड १.२ लिटर इन्जिनले अधिकतम ६००० आरपीएममा ८७ हर्स पावर र ४५०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । यसको उच्चगति क्षमता भने १६० किलोमिटर प्रतिघन्टा मात्रै रहेको छ ।
सुरक्षाको लागि राइजमा ६ वटासम्म एयरव्याग, भेहिकल स्टेविलीटी कन्ट्रोल, इबीडीको साथमा एबीएस, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, ४ वटा पार्किङ सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट जस्ता फिचर प्रदान गरिएको छ ।
बजारमा उपलब्ध सब फोर मिटर एसयूभीभन्दा लामो साइजमा रहेको राइजको लम्बाई ४०३० एमएम, चौडाई १७१० एमएम, उचाई १६३५ एमएम र ह्वीलवेस २५२५ एमएम रहेको छ । यसमा ग्राहकले २०० एमएमको ग्राउन्ड क्लियरेन्स पाउने छन् । ३६ लिटरको इन्धन ट्याङ्की र ३६९ लिटरको बुट स्पेश उपलब्ध हुने राइज पर्फेक्ट पारिवारीक एसयूभी बन्ने देखिन्छ ।

