काठमाडौं । हुन्डाईको इलेक्ट्रीक एसयूभी क्रेटामा कम्पनीले अहिलेसम्मकै ठूलो छुट घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रीक क्रेटा बजारमा आएपछि पहिलो पटक सबैभन्दा ठूलो छुट घोषणा गरेको हो ।
हुन्डाईको आधिकारीक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा इलेक्ट्रीकमा १ लाख ७५ हजारसम्म नगद छुट दिने भएको छ । नयाँ वर्ष २०८३ को अबसर पारेर ल्याएको स्कीममा न्यू इयर बोनस भन्दै अर्को ९६ हजार रुपैयाँसम्म नगद छुट पाइने छ ।
कम्पनीले ल्याएको स्कीम अनुसार नै क्रेटा इलेक्ट्रीक खरिद गर्दा २ लाख ७१ हजार रुपैयाँ छुट पाउन सकिनेछ । कम्पनीले दिएको स्कीममा १ वर्षको निःशुल्क बीमा सुविधा, एक आर्थिक वर्षको सवारी कर पनि ग्राहकले पाउने छन् ।
‘हुन्डाईसँग शुभयात्रा २०८३’ स्लोगन सहित सुरु गरिएको न्यू इयर स्कीममा कुनै पनि ब्राण्डका पुराना गाडी ल्याएर हुन्डाईको नयाँ गाडी किन्दा एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा पनि कम्पनीले दिनेछ ।
यस्तो छ क्रेटा ईभी
नेपाली बजारमा मिडसाइज कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्वाधिक सफल क्रेटा इलेक्ट्रीक मोर्डन डिजाइन र फिचर प्याक रहेको छ ।
यसमा ४२ र ५१.४ किलोवाट अवारको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । क्रेटा ईभीमा चालकको सहजताको लागि वान पेडल ड्राइभिङ फिचर दिइएको छ । हुन्डाईले आई पेडल टेक्नोलोजी आयोनिक ५ मा सफल भएपछि क्रेटामा पनि दिएको हो ।
क्रेटा ईभीमा रहेको भेहिकल टु लोड फङ्सनको सहायताले गाडीलाई मुभएबल जेनेरेटरको रूपमा प्रयोग गर्न सकिन्छ । अगाडि फ्रन्ट बम्परमा एक्टीभ एयर फ्ल्याप दिएको छ । एयर फ्ल्यापले क्रेटा ईभीलाई हाइटेक लुक दिनुको साथै इनर्जी इफिसियन्सी बढाउ मद्दत गर्छ ।
हुन्डाईले क्रेटा ईभीमा रहेको सिटहरु भेन्टिलेटेड प्रयोग गरेको छ । हुन्डाईले इण्डिया मेड क्रेटा ईभीमा अमेरिकी कम्पनी बोसको ८ वटा स्पीकर सहितको प्रिमियम साउण्ड सिस्टम दिएको छ ।
नयाँ कोना इलेक्ट्रीकबाट प्रेरित थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता फिचरले क्रेटा ईभीलाई सहज र प्रयोगमैत्री बनाएको छ ।

यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् ।
हुन्डाईले क्रेटा ईभी ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सन दिएको छ । सानो ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री दिइएको छ । जसले सिंगल चार्जमा ३०० किलोमिटर माथि सडकमा नै रेन्ज दिन्छ ।
ठूलो ५१.४ किलोवाट आवरको ब्याट्री भएको भेरियन्टमा १२६ किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर आसपास रेन्ज दिनेछ ।
ठूलो ब्याट्रीमा पनि किन्न पाइने
हुन्डाईले सुरुमा ४२ किलोवाट आवरको एनसीएम ब्याट्रीमा क्रेटा ईभी ल्याएको थियो । पछि कम्पनीले ५१.४ किलोवाट आवरको ब्याट्री भएको मोडल पनि ल्याएको हो ।
नेपाल सरकारले मोटर पावरको आधारमा कर निर्धारण गरेको कारण ठूलो ब्याट्री भएको भेरियन्ट महंगो भएको हो । यसमा १२६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
यस्तो छ सबै भेरियन्टको मूल्य
सानो ४२ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाटको मोटर भएको क्रेटा ईभी ३ भेरियन्टमा किन्न पाइन्छ । जसमा एजुकेटीभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्ट (अप्सनल) भेरियन्टको ५६ लाख ९६ हजार र प्रिमियम प्लस भेरियन्टको ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
ठूलो ५१.४ किलोवाट आवरको ब्याट्री भएको भर्सन दुई भेरियन्टमा उपलब्ध छ । यसको स्मार्ट अप्सनल भेरियन्टको मूल्य ६९ लाख ९६ हजार र एक्सीलेन्स भेरियन्टको मूल्य ७६ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

