काठमाडौं । अप्रिल महिनामा टाटा पन्च ईभी किन्ने ग्राहकले मैदानमै गएर आइपीएल हेर्न पाउने भएका छन् ।
टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले अप्रिल महिनामा पन्च ईभी किन्ने मध्ये तीन जना भाग्मानी ग्राहकलाई लक्की ड्रमार्फत छनोट गरेर आइपीएलको लाइभ म्याच हेर्न भारत लैजाने भएको हो । लक्की ड्रमा छनोट भएका ३ जनाले आफुसँग अर्को एक जना पनि लान पाउने छन् ।
कम्पनीले ‘डबल चौका अफर’ भन्दै सुरु गरेको स्कीममा ८ लाख रुपैयाँ डाउन पेमेन्ट गरेर पन्च ईभीको टप भेरियन्ट किन्न पाइनेछ । त्यो भनेको मूल्य २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्छ भन्ने हो ।
टाटा पन्च ईभीको टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसको २० प्रतिशत डाउन पेमेन्ट गरेर गाडी किन्न सकिन्छ । अहिले बैंकको ब्याजदर पनि निकै न्यून रहेको कारण मासिक किस्ता पनि केही कम नै पर्नेछ ।
टाटाको सफल इन्ट्री मोडल एसयूभी निकै राम्रो संख्यामा बिक्री हुँदै आएको छ । नेपाली सडक सुहाउँदो भएकै कारण पनि पन्च ईभीमा धेरै ग्राहकको आकर्षण देखिएको हो ।
यस्तो छ पन्च ईभी
टाटाले ‘एक्टी डट ईभी’ प्लेटफर्ममा बनाएको पन्च ईभीमा भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, सनरुफ, वायरलेस चार्जर दिइएको छ । सनरुफसहितको एसयूभीमा ठूलो साइजको इन्फोटेन्टमेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर छ ।
सुरक्षाको हिसाबले पनि पन्च ईभीलाई अब्बल मानिन्छ । यसले ग्लोबल एनक्याप र भारत एनक्याप दुवै क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, ब्लाइण्ड स्पट मोनिटरिङ, चारै चक्कामा डिस्कब्रेक पाउन सकिन्छ ।
टाटाले हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बनाएको पन्च ईभी निकै एरोडाइनामिक छ । पन्च ईभी पावरको मामलामा पनि निकै राम्रो छ । यसमा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले टर्क भने १९० एनएम प्रदान गर्छ । ग्राउण्ड क्लियरेन्सको हिसाबले पनि पन्च ईभी उत्कृष्ट छ । यसमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ ।
टाटाले आफ्नो माइक्रो एसयूभीमा ३५ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । जसको रेन्ज २७० किलोमिटर आसपास सहजै पाउन सकिन्छ ।

