हुन्डाईले क्रेटा फेसलिफ्टगर्दा, ‘भिटारा ब्रेजा’ अटोमेटिक भर्सनमा

काठमाडौं । भारतकै सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकीले आफ्नो कम्प्याक्ट एसयूभी ‘भिटारा ब्रेजा’ अब अटो म्यानूअल ट्रान्समिसनकासाथ लञ्च गर्ने तयारी गरेको छ भने, हुन्डाईले पनि क्रेटाको फेसलिफ्टकोे क्रिस्टल भर्जन लञ्च गर्ने तयारी गरिरहेको छ । 

हाल, १.३ लिटरको डीडीआईएस डिजेल इञ्जिन रहेको भिटारा ब्रेजामा ५ स्पीड म्यानूअल ट्रान्समिसन जडान गरिएको छ ।

क्रेटामा भने दुई किसिमका इञ्जिनमा उपलब्ध रहेको छ । जुन १.६ लिटर यू२सीआरडीआई भिजिटी र १.४ लिटरमा यू२सीआरडीआई डिजेल इञ्जिन दिइएको छ । 

क्रेटाको टप भर्जनमा सनरुफको विकल्प दिइनेछ । भारतमा लञ्च हुने होन्डाई क्रेटा साउथ अमेरिकी बजारमा बिक्री भइरहेको क्रेटाजस्तै हुनेछ ।


Back_to_top