हुन्डाई क्रेटामा ‘न्यू इयर अफर’ : पेट्रोल र ईभी मध्ये कुनमा धेरै छुट

काठमाडौं । नयाँ वर्ष २०२६ को अवसर पारेर हुन्डाईले ‘विन्टर डिलाइट’ स्कीम सार्वजनिक गरेको छ । यस स्कीममा हुन्डाई क्रेटा किन्दा उपभोक्ताले १ लाख ७५ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका हुन् ।

हुन्डाई क्रेटा इलेक्ट्रीक र पेट्रोल दुवै अप्सनमा किन्न पाइन्छ । क्रेटा ईभी किन्नेले १ लाख ७५ हजारसम्म छुट पाउने छन् । तर, पेट्रोल क्रेटामा कम्पनीले ७५ हजार रुपैयाँ नियमित छुट र विन्टर अफर भनेर २० हजार रुपैयाँ मात्रै छुट प्रदान गरेको छ ।

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको स्कीममा उपभोक्ताले मोडल अनुसार ५ लाखसम्म नगद छुट दिने जनाएको छ ।

५ लाख नगद छुट पाउन भने हुन्डाई आयोनिक फाइभ इलेक्ट्रीक एसयूभी किन्नु पर्ने हुन्छ ।

क्रेटा पेट्रोलमा छुट कम

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा पेट्रोलमा ७५ हजार रुपैयाँ नगद छुट र विन्टर बोनसको रूपमा २० हजार रुपैयाँ छुट प्रदान गरेको छ । नगद छुटको अलावा क्रेटा पेट्रोल किन्नेले एक वर्षको बीमा र चालु वर्षको सवारी कर पाउने छन् ।

हुन्डाईले क्रेटा पेट्रोलको मूल्य भेरियन्ट अनुसार ५४ लाख ९६ हजारदेखि टप भेरियन्टको ७९ लाख ९६ हजार रुपैयाँसम्म तोकेर बिक्री गर्दै आएको छ ।

ईभीमा अलि धेरै छुट

क्रेटा ईभी किन्नेले ७५ हजार रुपैयाँ नियमित छुट र १ लाख रुपैयाँ विन्टर बोनस पाउने छन् । यी दुवै छुट मिलाएर १ लाख ७५ हजार रुपैयाँ नगद छुट हुनेछ । साथै, बीमा र चालु वर्षको सवारी कर कम्पनीले दिनेछ ।

लङ रेन्ज क्रेटा ईभी पनि किन्न पाइने

१०० किलोवाटको मोटर र ४२ किलोवाट आवरको एनसीएम ब्याट्रीमा उपलब्ध क्रेटा ईभीको लङ रेन्ज मोडल पनि बिक्रीको लागि उपलब्ध छ । लङ रेन्ज मोडलमा १२६ किलोवाट क्षमताको मोटर छ भने ५१ किलोवाट आवरको एनसीम ब्याट्री प्रयोग भएको छ ।

सुरूमा सानो ब्याट्रीमा मात्रै उपलब्ध क्रेटा ईभीको लङ रेन्ज मोडल एउटा मात्रै स्मार्ट अप्सनल भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ६९ लाख ९६ हजार रुपैयाँ छ ।

पेट्रोल इन्जिन १.५ लिटर

क्रेटाको पेट्रोल भर्सनमा १४९७ सीसी क्षमताको इन्जिन छ । यसले अधिकतम ११५ पीएस पावर प्रदान गर्नेछ । इन्जिनको पीकटर्क भने २५० न्यूटन मिटर छ । उक्त इन्जिनसँग ६ स्पीड म्यानुअल र सीभीटी गियरबक्स अप्सन पाउन सकिन्छ ।


Back_to_top