काठमाडौं । नेपालमा हुन्डाईको नयाँ क्रेटामा ग्राहकको उच्च आकर्षण देखिएको छ । पछिल्लो महिनाहरुमा हुन्डाई क्रेटाको बिक्रीमा उल्लेख्य वृद्धि हुँदै गएको हो ।
नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार चालु आवको ४ महिनामै ३५० युनिट नयाँ क्रेटा बिक्री भएको छ ।
हालसम्म ६०० युनिट बढी नयाँ क्रेटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ । बढ्दो मागका कारण नयाँ क्रेटाको वेटिङ पिरियड २ महिना पुगिसकेको कम्पनी स्रोतले बतायो ।
अत्याधुनिक प्रविधि, उत्तम डिजाइन र विशेष सुविधाहरूका कारण नयाँ क्रेटा ग्राहकको रोजाइमा परेको कम्पनीले जनाएको छ ।
यस्तो छ नयाँ क्रेटा
हुन्डाईले ल्याएको फेसलिफ्ट क्रेटा अगाडिको लुक्स, पछाडिको डिजाइन र इन्टेरियरमा आधुनिक ट्रेन्ड समातेर बनाइएको छ । स्टायन्डर्ड रुपमै ६ एयरब्यागको साथ आएको क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ ।
अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । विल्कुलै नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ ।

क्रेटामा उपलब्ध एडास फिचर भित्र लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता चालकलाई सहज बनाउने फिचर छन् ।
यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् । नयाँ क्रेटा १.५ लिटर क्षमताको इन्जिनमा उपलब्ध छ ।

