मूल्यको कारण हिट भएको कार दुई महिनामा आयो २ सय यूनिट

काठमाडौं । बजारले अपेक्षा गरेभन्दा कम मूल्यमा सार्वजनिक भएको नामी बक्स ईभी अहिले बजारमा चर्चित मोडल हो । एमएडब्लू वृद्धिले काठमडौंपछि उपत्यका बाहिर बिक्री थालेको नामी बक्स ईभी आजबाट बिरगंजमा पनि बिक्री सुरु भएको हो ।

नाडा अटो शो २०२४ मा पहिलो पटक सार्वजनिक भएको डोङफेङ नामी-बक्स ईभी यसअघि पोखरा र बुटवलमा बिक्री सुरु भएको थियो । २९ लाख ९९ हजार रुपैयाँ सुरुवाती मूल्यबाट बिक्री सुरु भएको नामी इलेक्ट्रीक ह्याचव्याकमा यस अवधिमा २५ हजारदेखि १ लाखसम्मले भेरियन्ट अनुसार मूल्य वृद्धि पनि भइसकेको छ ।

सुरुवातमै निकै आक्रमक मूल्यमा आएको नामी कारको बिरगंजमा नारायणी अटोकर्पले डिलरको रुपमा बिक्री सुरु गरेको हो । बिरगंजमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिक्री सुभारम्भ गरेका थिए ।

बजारमा बिक्री सुरु भएको दुई महिना भित्रै कार्त्तिक मसान्तसम्ममा एमएडब्लू वृद्धि कर्पले २०१ यूनिट नामी नेपाल ल्याइसकेको छ ।

यस्तो छ नामी ह्याचव्याक

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलीजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रीत छ ।

यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रयर पनि रहेको छ । इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।

यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।

एमएडब्लू वृद्धिले आज सोमबारबाट पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गरेको छ । जहाँ ग्राहकले दीपल, सेरस र नामीका गाडी विशेष अफरसहित पाउने छन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Back_to_top