रोयल इनफिल्डले ल्यायो एक्सचेन्ज अफर, पुराना मोटरसाइकलसँग नयाँ साट्न सकिने

symbolic Picture

काठमाडौं । रोयल इनफिल्डले एक्सचेन्ज एण्ड फाइनान्स मेला संचालनमा ल्याउने भएको छ । कम्पनीले यहि मसिंर २३ गतेदेखि २८ गतेसम्म ६ दिनका लागि संचालनमा ल्याउने भएको हो ।

कम्नपीले ल्याएको एक्सचेन्ज एण्ड फाइनान्स मेलामा ग्राहकले रोयल इनफिल्ड मोटरसाइकलको खरिद तथा एक्स्चेन्जमा विभिन्न किसिमका सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

रोयल इनफिल्डको लागी नेपालकोआधिकारिक विक्रेता अल्फा अटोमोटिभले ल्याएको यो एक्सचेन्ज एण्ड फाइनान्स मेलामा अन द स्पट एक्सचेन्ज, स्पट फाइनान्स तथा उत्कृष्ट मूल्याङ्कन जस्ता सुविधा उपलब्ध रहेको छ ।

ग्राहकले आफुसंग भएको कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग रोयल इनफिल्डको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सक्नेछन ।

यो एक्सचेन्ज एण्ड फाइनान्स मेला रोयल इनफिल्डको नेपालभर रहेको आधिकारिक शोरूमहरुमा संचालनमा आउने भएको हो ।

यो अफर रोयल इनफिल्डका आधिकारिक सोरुमहरुमा उपलब्ध हुनेछ ।


Back_to_top