हुन्डाईले आफ्नो थर्ड जेनेरेशन ग्रान्ड आई–१० सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यसलाई आगामी अगस्ट महिनामा सार्वजनिक गर्ने जनाएको हो ।
ग्रान्ड आई–१० मा इभोलुसनरी डिजाइन थेम प्रयोग गरेको छ । यसमा नयाँ हेडल्याम्पकासाथै एलईडी डीआरएल, नयाँ डिजाइनको फ्रन्ट बम्पर, रिभाइज्ड फग ल्याम्प दिइएको छ ।
यसको साइड डिजाइन अहिलेको मोडलको जस्तै रहेको छ । तर ह्वील डिजाइन भने नयाँ दिइएको छ । यसमा १४ इन्च अलोय ह्वील दिइएको छ ।
कम्पनीले यसकोे रियर गेटमा नयाँ एलईडी टेलल्याम्प तथा रिभाइज्ड बम्पर दिइएको छ । त्यस्तै, नयाँ कलर अप्सन पनि थप हुनेछ । यसको डाइमेन्सन पनि अहिलेको मोडलको तुलनामा बढाइएको छ । साथै, क्याविनलाई प्रिमियम बनाउन कुनै कसर बाँकी राखेको छैन ।
यसको इन्टेरियर अहिलेको मोडलको तुलनामा फरक पारिएको छ । यसमा थ्री–स्पोक मल्टी–फङ्क्शन स्टेयरिङ्ग ह्वील, नयाँ डिजाइनको इन्स्ट्रुमेन्ट क्लस्टर, सेन्टर कन्सोल दिइएको छ । ड्याशबोर्डको टपमा इन्फोटेनमेन्ट स्क्रिन लगाइएको छ ।
साथै, यसमा टचस्क्रिन सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, क्लाइमेट कन्ट्रोल, रिभर्स क्यामेरा, इलेक्ट्रोनीकल्ली कन्ट्रोल्ड एक्स्टेरियर मिरर, ड्यूल एयरब्याग, एबीएसलगायतको फिचर दिइएको छ ।
कम्पनीले ग्रान्ड आई–१० लाई दुई इन्जिन भेरियन्टमा उपलब्ध गराउनेछ । यसमा १.२ लिटर पेट्रोल इन्जिन र १.२ लिटर डिजेल इन्जिन दिइएको छ । कम्पनीले यसमा म्यानूअल र एएमटी दुबै गियरबक्स अप्सन दिएको छ ।

