रोयल इन्–फिल्डले हिमालयन मोटसाइकलमा ट्वीन सिलिन्डर ६५० सीसी प्यारालल इन्जिन लगाउने भएको छ । कम्पनीका सीईओ सिड लालले २०१७ मा बजारमा आएको एड्भेन्चर टुरर हिमायलन मोटरसाइकलमा नयाँ पावर ट्रेन दिन लागिएको जानकारी दिएका हुन् ।
हाल यो मोटरसाइकलमा उपलब्ध ४११ सीसी सिङ्गल सिलिन्डर फोर–स्ट्रोक इन्जिनले २४.५ बीएचपी पावरकासाथै ३२ एनएम–टर्क उत्पादन गर्छ ।
यो मोटरसाइकल लामो एफोर्डेबल एड्भेन्चर यात्राका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।
अपेक्षाकृतरुपमा बजार पकड्न नसके पनि ग्राहकको विश्वास बटुल्न सफल भएको कम्पनीको दाबी छ । यो मोटरसाइकलमा सामान्य तथा प्राक्टिकल डिजाइन दिइएको कम्पनीले जनाएको छ । यसमा प्रोटेक्टीभ ग्रिल, टेल लगेज र्याक, र प्यानीअर माउन्टेनिङ्ग पोइन्ट लगाइने छ ।
नयाँ पावर ट्रेनको साथै मोटरसाइकलमा डुरेअबल चेसिस लगाइएको छ भने फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क तथा रियरमा मनोशक सेटअप लगाइएको छ ।
कम्पनीले यसमा आकर्षक सस्पेन्सन ट्राभल तथा ग्राउन्ड क्लियरेन्स दिएको छ । नयाँ मोडलको फ्रन्टमा ३२० एमएम फ्रन्ट–डिस्क तथा २४० एमएम रियर–डिस्क लगाउने कम्पनीले जनाएको छ ।
यसको अलवा चालकको सुरक्षालाई मध्यनजर गर्दै यस मोडलमा एबीएसको विशेषता दिने कम्पनीले जनाएको छ । परिमार्जित इन्जिनसहित बजारमा आउने मोडलप्रति भने कम्पनीले निकै अपेक्षा राखेको छ ।

