कोरियाको कार निर्माता कम्पनी हुन्डाईले आगामी वर्ष भारतमा नयाँ मोडलका आठ कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले इलेक्ट्रीक एसयूबी मोडलका गाडी सार्वजनिक गर्ने अनुमान गरिएको छ । फेस्टिव सिजनमा हुन्डाई स्यान्ट्रोको कमब्याक मोडल सार्वजनिक हुने अनुमान गरिएको छ ।
यसको अलवा कम्पनीले २०१९ मा ग्रान्ड आई–१० को आल न्यू भसर्न सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । ग्रान्ड आई–१० नयाँ प्लाटफर्ममा बजारमा आउनुकासाथै पुरानो मोडलको तुलनामा हलुका, फ्लेक्जीबल, सुरक्षित तथा चौडा हुने कम्पनीले जनाएको छ ।
२०१९ ग्रान्ड आई–१० मा फ्रेश डिजाइन अपग्रेड्स हुनेछ, जसमा यूथ कनेक्ट, टलबडी स्टाइलिङ्ग एलिमेन्ट यथावत् राखिएको छ ।
एन्टीरियरमा नयाँ ड्यूल टोन अपहोलस्ट्री तथा टचस्क्रिन इन्फोनेन्ट सिस्टम दिइएको छ । सुरक्षाको हिसाबले यसमा ड्यूल फ्रन्ट एयरबक्स एबीएस दिइएको छ । ग्रान्ड आई–१० मा अनुमान गरिएकोभन्दा निक्कै कम मेकानिकल बदलाब गरिएको कम्पनीले जनाएको छ ।
आल न्यू हुन्डाई ग्रान्ड आई–१० मा पुरानो मोडलमा जस्तै १.२ लिटर कापा इञ्जिन लगाइएको छ जसले ८१ बीएचपी पावरका साथै ११४ न्यूटन मिटर टर्क उत्पादन गर्छ । डिजेल भर्जनअन्तर्गत १.२ लिटरको ३ सिलिन्डर इञ्जिन लगाइएको छ । यसले ७४ बीएचपी पावरकासाथै १९० न्यूटन टर्क उत्पादन गर्छ । दुबै भर्जनमा ५ स्पीड म्यानूअल गियरक्स दिइनेछ । पेट्रोल भर्जनमा ४ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प दिइनेछ ।

