काठमाडौं । जनवरीमा आफ्नो पहिलो भारतमा उत्पादन भएको ईभी बजारमा ल्याउन लागेको हुन्डाई मोटर्स इण्डियाले भारतकै लिडिङ आईटी कलेज ‘इण्डियन इन्सीच्यूट अफ टेक्नलोजी’ (आईआईटी) सँग एड्भान्स ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादनमा थप अनुषन्धान गर्ने विषयमा सहकार्य गर्ने भएको छ ।
भारतमा नै एड्भान्स ईभीको ब्याट्री बनाउने र इलेक्ट्रीक भेहिकललाई थप उपयोगी बनाउन यी दुई कम्पनीले सम्झौंता गरेको बताएका छन् । नयाँ सम्झौतासँगै अब आईआईटी दिल्लीमा हुन्डाई सेन्टर अफ एक्सीलेन्स सेन्टरको स्थापना हुनेछ ।
दुई कम्पनीको सम्झौता पछि सस्टेनेवल मोविलीटी इण्डियाका लागि रिसर्च तथा डेभलपमेन्टमा नयाँ तरिकाले काम हुने विश्वास लिइएको छ ।
आईआईटीको ‘दी सेन्टर फर अटोमोटिभ रिसर्च एण्ड ट्रिबोलोजी’ले ईभी ब्याट्रीको पर्फर्मेन्स अप्टीमाइजेसन, इलेक्ट्रीक भेहिकल इन्ट्रीगेसन, इनर्जी स्टोरेज लगायतका क्षेत्रमा अनुषन्धान गर्नेछ । सम्झौता अनुसार यो संयुक्त प्रयास आईआईटी दिल्लीसँगै आईआईटी मुम्बाई र आईआईटी मद्रासमा पनि लागु हुनेछ ।


