नेपाल आयो हुन्डाई कोनाको नयाँ भेरियन्ट, यस्तो छ मूल्य

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई कोनाको नयाँ भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको जीएल र जीएलएस भेरियन्टमा अर्को एउटा एनएस भेरियन्ट थप भएको हो ।

कम्पनी स्रोतका अनुसार एनएस भेरियन्टमा जीएलमा भएका सम्पूर्ण फिचर उपलब्ध छन् । जीएलमा भएको शनरुफ मात्रै एनएस भेरियन्टमा उपलब्ध छैन । एनएस भेरियन्टको नामाकरण पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले नै गरेको हो ।

‘कोना जीएलमा रहेको सम्पूर्ण फिचर नयाँ भेरियन्टमा छ । शनरुफ बीनाको आउने नयाँ भेरियन्ट मूल्यको हिसावले केही सस्तो बनाउन खोजिएको हो’, लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर दीपक थपलियाले भने ।

अन्तर्राष्ट्रि बजारमा तिब्र गतिमा डलरको मूल्य बढ्दा नेपालमा तेस्रो देशबाट आयात हुने गाडीको मूल्यमा चर्को दबाब पर्दै आएको छ । डलरको मूल्यमा आएको दवावको कारण कम्पनीले कोनाको मूल्यमा केही फेरवदल गरेको छ ।

कम्पनीले कोनाको एनएस नयाँ भेरियन्टको मूल्य ५९ लाख ९६ हजार, जीएल भेरियन्टको ६१ लाख ९६ हजार र जीएलएस भेरियन्टको ६४ लाख ५६ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।

यस्तो छ कोना ईभीमा फिचर

सन् २०२१ मै फेसलिफ्ट कोना नेपालमा उपलब्ध रहेको थियो । कोनाको सबै भेरियन्टमा एलइडी डेटाइम रनिङ लाइट सहितको नयाँ हेडल्याम्प सेटअप, नयाँ एलइडी टेलल्याम्प, १७ इन्चको अलोय ह्वील, १०.२५ इन्चको फुल कलर इन्ट्रुमेन्ट क्लष्टर, ८ इन्चको फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट कि, पुस बटम स्टार्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक्स गियर सिफ्ट जस्ता फिचर पाउन सकिन्छ ।

यी फिचरका आलाव सुरक्षाको लागि सबै भेरियन्टमा अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ एयरव्याग, रिभर्स पार्किङ सेन्सर, रियर भ्यू क्यामेरा, इबीडी सहितको एबीएस, हिल एसिस्ट कन्ट्रोल उपलब्ध छन् ।

यसमा रहेको १०० किलोवाट क्षमताको मोटरले अधिकतम १३६ पीएस पावर र ३९५ एनएम टर्क प्रदान गर्छ । साइजको हिसावले पनि यो क्रसओभर निकै राम्रो रहेको छ । यसको लम्बाई ४१८० एमएम, चौडाई १८०० एमएम र उचाई १५५५ एमएम रहेको छ भने ह्वीलवेस २६०० एमएमको छ ।

कोनाको टप स्पीड क्षमता १५५ किलोमिटर प्रतिघन्टाको छ भने यसमा रहेको ब्याट्रीलाई एक पटकको फुल चार्जमा ३०५ किलोमिटर गुडाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई घरायसी विजुलीबाट ८ देखि १० घन्टामा फुल चार्ज गर्न सकिन्छ ।


Back_to_top