काठमाडौं । ओलाले सस्तो इलेक्ट्रीक स्कुटर आज सार्वजनिक गरेको छ । कम्पनीले ८० हजार रुपैयाँ एक्सशोरुम मूल्यमा ओला एस १ एयर सार्वजनिक गरेको हो ।
नयाँ एस १ एयर मोडल ओलाको हालसम्मको सबैभन्दा कम मूल्यको स्कुटर हो । यसअघि ओलोले एस सिरिजका एस १ र एस १ प्रो विक्री गर्दै आएको थियो । कम्पनीले एस १ र एस १ प्रोमा दिएको सिंगल सस्पेन्सनलाई परिर्वतन गरेर एस १ एयरमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ ।
त्यस्तै, कम्पनीले नयाँ स्कुटरमा अलाय ह्वीलको प्रयोग गरेको छ । त्यस्तै कम्पनीले एस १ एयरमा नयाँ डिजाइनको सिट दिएको छ भने, ग्रयाबरेल पनि नयाँ डिजाइनमा दिएको हो ।
कम्पनीले एस १ एयरमा मुभओएस ३.० सफ्टवरसमेत दिएको छ । यसमा हिल होल्ड एसिस्ट फिचर समेत पाउन सकिन्छ । जसले उकालोमा स्कुटर चलाउन कुनै कठिनाई हुँदैन । कम्पनीले एस १ एयरको तौल ९९ केजी मात्रै भएको जनाएको छ । जबकी एस १ को तौल १२५ किलोग्राम रहेको छ ।
ओला एस १ एयरमा ४.५ किलोवाट पीक पावरको हव मोटर दिइएको छ भने, यसमा २.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । कम्पनीले यसको रेन्ज १०१ किलोमिटर दावी गरेको छ ।
त्यसैगरी, यो स्कुटरको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ । अन्य दुई स्कुटर जस्तै एस १ एयरमा पनि इको, रेगुलर र स्पोर्टस गरि तीन मोड उपलब्ध छ । यो स्कुटरको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । यसमा अन्यमा जस्तै ७ इन्चको टच स्क्रीन डिस्प्ले, ३४ लिटर क्षमताको बुट स्पेस, स्मार्टफोन कनेक्टिभिटी, स्पीकर जस्ता फिचर दिइएको छ ।
ओलाका स्कुटर नेपालमा आइसकेको छ । ईभी एक्स्पो २०२२ मा सार्वजनिक भएको ओलाका उत्पादन नयाँ वर्षसँगै सीजी मोटरले नेपाली बजारमा विक्री वितरण गर्नेछ ।

