क्रेटाभन्दा सस्तोमा ‘प्योर ईभी एसयूभी’ ल्याउँदै हुन्डाई

काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले अहिले दक्षिण कोरिया र भारतको बिभिन्न स्थानमा नयाँ एसयूभी परीक्षण गरिरहेको समाचारहरु आइरहेका छन् ।

हुन्डाई क्रेटाभन्दा कम मूल्य र बढी फिचरको साथ आउन लागेको नयाँ इलेक्ट्रीक एसयूभी भारतीय बजारलाई मध्यनजर गर्दै तयार पारिएको हो । त्यसैले यसको मूल्य निकै आकर्षक हुने अनुमान छ । प्योर ईभी प्लेटफर्ममा बन्ने भएको कारण यसमा फिचर पनि प्रसस्त प्रयोग हुनेछ ।

परीक्षणका क्रममा देखिएको गाडीलाई आधारमान्दा नयाँ इलेक्ट्रीक एसयूभी बक्सी डिजाइनमा देखिन्छ । साथै, गोलाकार ह्वील आर्च, अग्लो बोनेट, फ्लस डोर ह्यान्डल र सबै लाइट एलइडी प्रयोग भएको अनुमान लगाउन सकिन्छ ।

यसमा बन्द गरिएको फ्रन्ट फेसिया, एरोडाइनामिक ह्वील, बक्सी टेलगेट र रूफरेल्स जस्ता डिजाइन एलिमेन्ट समाबेस छन् । कम्पनीले ठ्याक्कै यसमा रहने ब्याट्री साइजको बिषयमा जानकारी बाहिर ल्याएको छैन । तर, दुई ब्याट्री विकल्प रहने अनुमान गर्न सकिन्छ ।

सम्भवत १०० किलोवाटको इलेक्ट्रीक मोटर रहने नयाँ एसयूभीको पीकटर्क भने २५५ एनएम रहने छ ।

हुन्डाइले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी १०० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेगरी ल्याउन लागेको छ । उक्त चार्जरको प्रयोगबाट ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ३९ मिनेटमा चार्ज गर्न सकिनेछ ।

गाडीमा भेहिकल-टु-लोड, आई प्याडल ड्राइभिङ, रिजेनेरेटिभ ब्रेकिङ र ब्याट्री प्रि-कन्डिसनिङ जस्ता फिचर उपलब्ध हुनेछन् ।

फिचरका हिसाबले नयाँ ईभीमा डुअल डिजिटल डिस्प्ले, कनेक्टेड कार प्रविधि, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस फोन चार्जर र बोस अडियो सिस्टम दिने अनुमान छ ।

त्यसैगरी, ओभर दी एयर सफ्टवेयर अपडेट, लेभल-२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता प्रविधि समावेश गर्नेछ ।


Back_to_top