हुन्डाई भेन्यूलाई अष्ट्रेलियन एएनक्यापले दियो ४ स्टार रेटिङ, पायो आईकोटी अवार्ड

काठमाडौं । हुन्डाई भेन्यूले अष्ट्रेलियन एएनक्यापमा ४ स्टार सेफ्टी रेटिङ पाएको छ । अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्रामले भेन्यूलाई ४ स्टार रेटिङ प्रदान गरेको हो । 

भेन्यूले स्कोरमा ५ स्टार रेटिङ बराबरकै पाएको थियो एएनक्यापका अनुसार भेन्यूले एडल्ट सेफ्डीमा ३८ मा ३४.८ र चाइल्ड सेफ्टीमा ४९ मा ४० प्वइन्ट प्राप्त गरेको भएपनि अटोनोमास इमजेन्सि ब्रेकिङ सिस्टम चाँडो एक्टीभेट भएकोले उसलाई फोर स्टार रेटिङ दिएको जनाएको छ । 

परिक्षण गरिएको अष्ट्रेलियन स्पेक भेन्यूमा ६ एयरव्याग, एबीएस इएससी, सिटबेल्ट रिमाइन्डर, लेन किपिङ एसिस्ट जस्ता फिचर रहेका थिए । योसँगै भेन्यूले ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ पाउने देखिएको अन्तर्राष्ट्रिय मिडियालले उल्लेख गरेका छन् । 

साथै, भेन्यूले इन्डियन कार अफ दि एयर २०१९ को अवार्ड समेत जित्न सफल भएको छ । बिभिन्न १० बीचमा प्रतिस्पर्धा भएको थियो । जसमा भेन्यू, ग्रान्ड आई १० नियोस, मारुती सुजुकी एसप्रेसो, वागेनआर, रेनो टाइबर, टाटा ह्यारीयर, किया सेल्टोस, एमजी हेक्टर, निसान किक्स र होन्डा सिभिक थिए ।

नेपाली बजारमा समेत बिक्री भइरहेको भेन्यूको सुरुवाति मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ५५ लाख ९६ हजार रहेको छ । 

भेन्यू तीन इन्जिन अप्सनमा रहेको छ । जसमा १।० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर टर्बो कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ । 

भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ  । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।

हुन्डाईका चर्चित गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको भेन्यूको अगाडि आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरेको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।

३९९५ एमएम लम्बाई, १७७० एमएम चौडाई  र १५९० एमएम उचाई रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ । ठूलो क्याविन र स्पोर्टी सिटले सबैलाई लोभ्याउन सक्ने छ । 

इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको छ । भेन्यू स्मार्ट कनेक्टेड गाडी हो । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । ३३ स्मार्ट कनेक्टेड फिचर रहेका छन् ।


Back_to_top