हिरो एक्सपल्स २०० लाई भारतीय मोटरसाइकल अफ दि इयरको अवार्ड

काठमाडौं । हिरोको पहिलो एडभेन्चर मोटरसाइकल एक्सपल्स २०० ले ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ अवार्ड जित्न सफल भएको छ ।

एक्सपल्सले उक्त अवार्डको लागि ८ नयाँ मोटरसाइकल होन्डा सीबी ३००आर र सुजुकी जिक्सर एसएफ २५०, बेनेल्ली इम्पेरियल ४००, हिरो एक्स्ट्रिम २०० एस, जावा फोर्टी टु, केटीएम १२५ ड्यूक र यामाहा एमटी–१५सँग प्रतिस्पर्धा गरेको थियो ।

उक्त प्रतिस्पर्धामा एक्सपल्स २०० ले ७४ र होन्डा सीबी ३००आर ले ७३ स्कोर पाएका थिए । त्यसैगरी तेस्रो नम्बरमा रहन सफल जिक्सर एसएफ २५० ले ६६ प्वाइन्ट पाएको थियो । यसैका आधारमा हिरो एक्सपल्सलाई आईकोटी अवार्ड दिइएको हो । 

नेपालको आधिकारिक विक्रेता जनरल मार्केटिङ (एनजीम)ले यसलाई बजारमा बिक्री वितरण गर्दै आएको छ । मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ । 

राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ । साथै, कम्पनी यो बाइकलाई फ्युल इन्जेक्टेड र कार्बोरेट दुबै इन्जिनमा उपलब्ध गराएको छ ।

कम्पनीले यस बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ ।

यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ ।  

दुबै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । 


Back_to_top