भिडियोमा हेर्नुहोस् ग्राउण्ड क्लियरेन्स र डिजाइनले तान्ने ‘भी-२३’, मूल्य कति ?

काठमाडौं । चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले आइकार भी-२३ नेपाल ल्याएको छ । तीन साता अगाडि नै काठमाडौं ल्याउने योजना अनुसार आएको भी-२३ तातोपानी नाका पहिरोको कारण बन्द हुँदा आउन सकेको थिएन ।

अफरोड डिजाइन, २०५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स, १९ इन्चको अलोय ह्वील, रग्ड डिजाइन, कस्टुमाइज गर्न मिल्ने टेल सेक्सन जस्ता कुरा यसको नयाँ पक्ष हो । जेको जे-सिक्सभन्दा सानो साइजमा उपलब्ध भी-२३ को नियो क्लासिक लुकले धेरैको ध्यान तान्ने अनुमान गर्न सकिन्छ ।

भी-२३ को साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसको डिपार्चर एंगल ४० डिग्री र अप्रोच एंगल ४२ डिग्री रहेको छ ।

आइकार भी-२३ मोडलमा ५९.९३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यो ब्याट्री एलएफपी केमेस्ट्रीको हो । जसको कम्पनीले दाबी गरेको रेन्ज ४०१ किलोमिटर छ ।

भी-२३ लाइफ स्टाइल एसयूभीमा १०० किलोवाट पीकपावर भएको रियर ह्वील ड्राइभ मोटर दिइएको छ । विभिन्न ५ ड्राइभिङ मोड उपलब्ध एसयूभीमा अफरोड मोड उपलब्ध छ ।

अगाडिका दुवै सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्छ । यसमा ७ वटा स्पीकर दिइएको छ, जसले गाडीको साउण्ड सिस्टमलाई उत्कृष्ट बनाएको छ । आइकारले भी-२३ मा स्क्वायर सेपमा एयरभेन्ट दिएको छ । ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन दिइएको छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरको लागि पाटेसन पाउन सकिन्छ ।

एडास फिचरसहित होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको भी-२३ मोडलको अगाडि ८ मेगापिक्सल र पछाडि ३ मेगापिक्सलको सराउण्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटिक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।

स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउण्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।

एसपीजी अटोमोबाइल कम्पनीले यसको मूल्य कति राख्छ अहिल्यै एकिन साथ भन्न सकिँदैन । तर, कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध कुनै पनि एसयूभीलाई असर पर्न सक्ने भी-२३ को मूल्य ५० लाखभन्दा कम नै हुने पक्कापक्की छ ।


Back_to_top