नेपाल आइपुग्यो आइकार भी २३, अर्को हप्ता सार्वजनिक हुने

काठमाडौं । चेरी मोटर्सको लाइफ स्टायल अफरोड एसयूभी आइकार भी २३ नेपाल आइपुगेको छ । नेपालको लागि चेरी मोटर्सको आधिकारिक वितरक एसपीजी अटोमोबाइलले आइकार भी २३ भित्र्याएको हो ।

कम्पनीले आइकार भी २३ गत साउनमा सम्पन्न नाइमा मोबिलीटी एक्स्पोमै सार्वजनिक गर्ने योजना बनाएको थियो । तर, तातोपानी नाका आइपुग्ने सडक अवरुद्ध हुँदा रोकिएको थियो ।

चिनिया भन्सारमा समयमै आई पुगे पनि नेपालको तातोपानी भन्सार नजिकै पहिरो गएकाले आइकारको भी २३ गत नाइम मोबिलिटी एक्स्पोमा देखाउन नपाइएको एसपीजी अटोमोबाइलका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले बताए ।

उनका अनुसार अहिले आइकार भी २३ चीनबाट नेपाल आइपुगेको छ । यद्यपि, कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा पहिरो गएकाले काठमाडौं भने आइनपुगेको उनले बताए ।

अहिले उक्त पहिरो हटाउने काम भइरहेकाले एक/दुई दिन भित्रै काठमाडौं आइपुग्ने उनले बताए । आइ कार भी २३ आगामी हप्ताको अन्त्यसम्म लन्च गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

‘आइकार भी २३ नेपाल आइपुगेको छ । तर, तातोपानी भन्सार नजिकै पहिरो खसेका कारण काठमाडौं भने ल्याइपुर्याइएको छैन,’ उनले मेरोअटोसँग भने, ‘अहिले पहिरो हटाउने काम भइरहेको छ । सम्भवतः यही साता भित्रै काठमाडौं आइपुग्छ ।’

यसअघि नेपाल भित्रिएको आइ कारको ०३ नेपाली बजारमा जेको जे६ का नामले बिक्री भइरहेको छ । अहिले ल्याइएको नयाँ मोडल भने आइ कारकै ब्याचमा आएको छ ।

ब्याट्री इलेक्ट्रीक कम्प्याक्ट एसयूभी आइकार भी २३ बीएडब्लूको डिजाइन बीएडब्लूको बीजे २१२ बाट प्रभावित भएका देखिन्छ । लाइफ स्टायल अफरोड स्टाइलिङ डिजाइनमा रहेको यो ईभीले धेरै युवा ग्राकहको ध्यान तान्न सक्ने देखिन्छ ।

१०० किलोवाटको रियरह्वील ड्राइभ मोटर दिइएको आइकार भी २३ एसयूभीमा ६० किलोवाट अवारको एलएफपी ब्याट्रीप्याक रहेको छ । यो ईभीले ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको फ्रन्टमा स्मोक्ट फ्रन्ट ग्रिल, राउण्ड हेडलाइट र स्क्वायर अफ फेस रहेको छ । यो एसयूभीमा रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल, एक्टरनल स्टोरेज कन्टेनरले यो एसयूभीलाई रगेड एप्पिरियन्स दिएको छ । यसमा साइड ओपनिङ रियर डोर दिएको छ ।

आइकार भी २३ को इन्टेरियरमा क्वालकम स्न्याप ड्रायगन ८१५५ चिपको पावर भएको १५.४ इन्चको सेन्टर टचस्क्रीन, इलेक्ट्रीकल्ली एड्जस्टेबल र भेन्टिलेटेड फ्रन्ट सिट, ७ वटा स्पीकर सहितको अडियो सिस्टम, ९० लिटरको अन्डर फ्लोर ट्रङ्क र अन्डर सिट कम्पार्टमेन्ट , अटोमेटिक पार्किङ सिस्टम, ड्राइभर असिस्ट सिस्टम आदि फिचर रहेको छ।

आइकार भी २३ इलेक्ट्रीक एसयूभीको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम, उचाई २७३५ एमएम रहेको छ । अफरोड क्षमताको यो एसयूभीको ग्राउण्ड क्लियरेन्स २०५ एमएम, अप्रोच एङ्गल ४३ डिग्री, डिपार्चर एङ्गल ४१ डिग्रीको रहेको छ ।

आगामी हप्ताको अन्त्यमा लन्च हुने आइकार भी२३ को मूल्य ४५ देखि ५० लाख रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ ।


Back_to_top