हुन्डाई आई २० लाई ‘इन्डियन कार अफ दि इयर’, किया सोनेट र महिन्द्रा थार पछिपछि

काठमाडौं । हुन्डाईको प्रिमियम ह्याचव्याक कार आई २० ले ‘इन्डियन कार अफ दि इयर’ अवार्ड जितेको छ । सन् २०२० मा उत्पादन भएका उत्कृष्ट कारहरु मध्येबाट दिइएको उक्त अवार्डमा किया सोनेट र महिन्द्रा थारलाई पछि पर्दै हुन्डाई आई २० ले हात पारेको हो ।

नयाँ जेनेरेशन प्रिमियम ह्याचव्याक कार आई २० निकै उत्कृष्ट डिजाइनमा तयार भएको कार हो । यो सूचीमा होन्डा सिटी, हुन्डाई अउरा, हुन्डाई नयाँ जेनेरेशन क्रेटा, किया कार्निभल, किया सोनेट, महिन्द्रा थार, एमजी गोलस्टर र टाटा अल्ट्रोज रहेका थिए ।

जुरीको मतका आधारमा छनोट भएको कार अफ दि इयरमा १०४ अंकसहित हुन्डाई आई २० पहिलो, ९१ अंकसहित किया सोनेट दोस्रो र ७८ अंकसहित महिन्द्रा थार तेस्रो भएको हो ।

बैशाखमा मात्रै नेपाल ल्याउने तयारी भइरहेको हुन्डाई आई २० भारतीय बजारमा निकै राम्रो संख्यामा विक्री वितरण हुँदै आएको छ । यूरोपियन स्पेक आई २० बाट प्ररित डिजाइनमा तयार भएको कारण पनि अहिले आई २० निकै धेरै चर्चामा रहन सफल भएको हो ।


Back_to_top