काठमाडौं । सन् २०२० मा उत्पादन भएका मोटरसाइकल मध्ये रोयल इन्फिल्ड मेटोर ३५० लाई इन्डियन मोटरसाइकल अफ दि इयरको अवार्ड प्रदान गरिएको छ ।
रोयल इन्फिल्डले २०२० को अन्त्यतिर बजारमा ल्याएको मेटोर ३५० बजारमा आएसँगै सफलता हात पार्न सफल भएको मोटरसाइकल हो । यो सूचीमा बजाज डोमिनार २५०, हिरो ग्ल्यामर १२५, हिरो प्यासन प्रो, हिरो एक्स्ट्रीम १६० आर, होन्डा हर्नेट २.०, हस्कभर्ना स्भर्टपिलियन २५०, केटीएम २५० एड्भेन्चर र केटीएम ३९० एड्भेन्चर परेका थिए ।
यी सबै मोडललाई उछिन्दै रोयल इन्फिल्ड मेटोर ३५० ले ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ अवार्ड जित्न सफल भएको हो । नेपाली बजारमा मेटोर ३५० आएको छैन । भारतमा भने १ लाख ७७ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य तोकेर यसको विक्री वितरण हुँदै आएको छ ।
अलोय ह्वील, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, यूएसबी चार्जर, पुल्ड व्याक ह्याण्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमि–डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।
मेटोर ३५० मा ३५० सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ ।


