आइआइटीले सार्वजनिक गर्याे एकैदिन चार इलेक्ट्रीक दुइपाँग्रे सवारी

आइआइटी हैदरबादबाट सुरु भएको स्टार्टअप प्योर इभी कम्पनी हो । सो कम्पनीले भारतीय बजारमा एकैदिन चार वटा इलेक्ट्रीक सवारी सार्वजनिक गरेको छ । कम्पनीले यो आर्थिक वर्षमा दश हजार सवारी बेच्ने योजना सहित उक्त मोडल सार्वजनिक गरेको हो । 

यी दुइपाँग्रे सवारीको नाम इग्नाइट, एन्ट्रेस, एप्लुटो र एट्रोन रहेको छ । रिसर्च एन्ड डेभलपमेन्ट कम्पनीसँगको सहकार्यमा उक्त मोडलको निर्माण गरेको कम्पनीले जनाएको छ । ल्याबले कम्पनीलाई प्राविधिक सहयोग गरेको जानकारी दिएको छ ।

यो कम्पनीको स्थापना २०१६ मा निशान्त डोंगरीले गरेका हुन् । हाल, कम्पनीले भारतीय परिस्थिती र रोडको अवस्थालाई मध्यनजर गरेर उक्त मोडलको निर्माण गरेको जनाएको छ ।

पछिल्लो समय, संसारभर इलेक्ट्रीक सवारी साधनको उत्पादन तथा प्रयोग बढी रहेको समयमा यस स्टार्टअप कम्पनीले पनि इलेक्ट्रीक स्कुटर र मोटरसाइकलको उत्पादनलाई विशेष प्राथमिकतामा राखेको हो । 

सार्वजनिक भएका इलेक्ट्रीक सवारीको तौल अन्य दुइपाँग्रे सवारीको भन्दा कम रहेको कम्पनीले जनाएको छ । 


Back_to_top