भारतीय बजारमा प्रवेश गरेको छोटो समयमै जीपले जीप कम्पास मार्फत निक्कै सफलता हात पारेको विश्लेषण अटो विज्ञहरुले गर्दै आएका छन् । भारतमा सार्वजनिक भएको १ वर्षमा जीप कम्पास २० हजार वटा बिक्री भएको थियो । सुरुवात राम्रो भएपनि जीपको मासिक बिक्री भने एक रुपता वा स्थिरता देखिएको छैन ।
जीपले अबको केही समयमा जीप ट्रायलहक समेत भारतीय बजारमा सार्वजनिक गर्दैछ । यस्तोमा जीपले कम्पासको फेसलिफ्ट समेत ल्याउने भएको छ । २०२० को अन्त्यसम्ममा भारतमा ल्याउने जीप कम्पास फेसलिफ्टमा ठूलै परिवर्तन गरिने कम्पनीले जनाएको छ ।
नयाँ जीप कम्पासमा १.३ लिटर फायरफ्लाई टर्बोचार्ज्ड इन्जिन हुनेछ । त्यस्तै १.४ लिटर मल्टिएयरटू टर्बो इन्जिनमा समेत आउने छ । चार सिलिन्डर इन्जिन भएको जीप कम्पास फेसलिफ्ट उक्त दुई इन्जिन अप्सन उपलब्ध हुनेछ ।
जीप कम्पास फेसलिफ्टको लो भेरियन्टले १५० पीएस र २७० एमएम टर्क दिन्छ भने ६ स्पीड डूअल ड्राइ क्लच ट्रान्समिसन हुनेछ । त्यस्तै हाइ भेरियन्टमा १८० पीएस पावर र २७० एनएम टर्क तथा ९ स्पीड अटोमेटिक ट्रान्समिसन रहने छ ।
जीपले २०१९ को जेनेभा मोटर शोमा जीप कम्पास प्लग–इन हाइब्रिड समेत सार्वजनिक गरेको थियो ।

