काठमाडौं । जीप इन्डियाले गत वर्षदेखि नै आफ्नो चर्चित एसयूभी र्याङलर भारतमा एसेम्बल गर्ने योजना बनाएको थियो । कम्पनीले अब यसको भारतीय भर्सन बनाउन शुरु गरेको समाचार बाहिर आएको छ ।
भारतीय संचार माध्यमहरुका अनुसार आगामी मार्च १५ मा भारतमा यस एसयूभीको लन्च गर्ने जनाइएको छ । कम्पनीले हालै मात्र भारतमा थप २५० मिलीयन डलरको लगानी बढाएको थियो । कम्पनीले भारतको रंजनगांव प्लान्टमा यसको एसेम्बल गरिरहेको छ । भारतमा निर्माण भएको कारण अब र्याङलरकाे मूल्य पहिलाको भन्दा धेरै घट्ने अनुमान गरिएको छ । यसपछि कम्पनीले ग्राण्ड चेरोकी पनि भारतमा उत्पादन गर्ने योजना बनाइरहेको छ ।
भारत निर्मित जीप र्याङलरमा एप्पल कारप्ले, एन्डरोइड अटो, इनकार कनेक्टीभीटी, अपडेटेड अडियो सिस्टम, नयाँ डिजाइनको इन्स्टुमेन्ट क्लस्टरका साथै नयाँ सुरक्षा फिचरहरुको साथै युकनेक्ट सहितको ठूलो साइजको टचस्कीन इन्फोटेन्मेन्ट सिस्टम हुनेछ । यो र्याङलरमा प्रिमियम लेदरको अपहोल्स्ट्रीको साथै सुसज्जित ड्यासबोर्ड सहितको क्याबिन लेआउट हुनेछ ।
अफरोड स्पेसलीस्ट जीपकाे र्याङलरमा अलह्विल ड्राइभ र फोर ह्वील ड्राइभमा हाई र लोमोड सहितको अफ्सन हुनेछ । यसमा २.० लिटरको हाइपावर वाला टर्बो इन्जिन हुनेछ, जसले ५२५० आपीएमका २६८ बीएच पावर तथा ३००० आरपीएम मा ४०० एनएम टर्क जेनेरेट गर्नेछ । यो इन्जिनले १० किलोमिटर प्रतिलिटरको माइलेज दिने जनाइएको छ ।
याे एसयूभीकाे ४८८२ एमएम लम्बाई, १८९४ एमएम चौडाइ तथा ३००८ एमएमको उचाइ र १८४८ एमएमको ह्विलबस हुनेछ । यसकाे ग्राउण्ड क्लियरेन्स २१७ एमएमको हुनेछ ।

