सहरमा सर्वाधिक रेन्ज दिने मोडल बन्यो आयोनीक सिक्स, हाइवेमा लुसिड

काठमाडौं । हुन्डाई आयोनीक सिक्स सेडानको इफिसीएन्सी लुसिड एयर र टेस्ला कारको बराबर पाइएको छ ।

‘इन्भाइरोन्मेन्टल प्रोटेक्सन एजेन्सी’ले सार्वजनिक गरेको सर्वाधिक इफिसिएन्ट कार २०२३ को सुचीमा हुन्डाई आयोनीक सिक्स र लुसिड एयर प्युर/टुरिङ अल ह्वील ड्राइभ मोडल शिर्ष स्थानमा परेका छन् ।

दक्षिण कोरियाली ब्रान्ड हुन्डाईले आयोनीक ६ मोडल लङ रेन्ज र स्ट्यान्डर्ड रेन्ज गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसमा रहेको स्ट्यान्डर्ड रेन्ज मोडलमा ५३ किलोवाट आवरको ब्याट्री छ । रियर ह्वीलमा मोटर दिइएको यो भर्सनमा १८ इन्चको ह्वील पाउन सकिन्छ । यसले सिंगल चार्जमा ३८६ किलोमिटर रेन्ज प्रदान गर्ने इपीएले प्रमाणित गरेको छ ।

त्यसैगरी, यसको लङ रेन्ज मोडलमा भने ७७.४ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसको रेन्ज तुलनात्मक रुपमा स्ट्यान्डर्ड रेन्ज मोडलभन्दा धेरै छ ।

लङ रेन्ज भर्सन पनि रियर ह्वील ड्राइभमा उपलब्ध छ । यसलाई सिङ्गल चार्जमा ५८१ किलोमिटर चलाउन सकिन्छ । सर्वाधिक इफिसिएन्ट कार २०२३ को सुचीमा परेको आयोनीक सिक्स लङ रेन्ज मोडल हो ।

हुन्डाई आयोनीक सिक्स र लुसिड एयरको हाइवे तथा सिटीको कम्बाइन्ड रेटिङ चार्जिङ लस सहित १४० माइल पर ग्यालेन इक्यूभ्यालेन्ट (एमपीजीई) पाएको छ । त्यो भनेको १५० वाट–आवर प्रति किलोमिटर रहेको छ ।

त्यसैगरी, हुन्डाई आयोनिक ६को स्ट्यान्डर्ड रेन्ज रियर ह्वील ड्राइभ भेरियन्ट र एलएफपी ब्याट्रीबाट संचालन हुने टेस्ला मोडल थ्रीको कम्बाइन्ड रेटिङ क्रमशः १३५ र १३२ माइल पर ग्यालेन इक्यूभ्यालेन्ट (एमपीजीई) छ ।

उक्त सूचीमा १३० एमपीजीई वा त्यो भन्दा बढि रेटिङ भएका मोडलहरु पनि समावेश छन् । यसमा टेस्लाको २०२१ मोडल थ्रीको स्ट्यान्डर्ड रेन्ज भर्सनले आफ्नो स्थान बनाएको छ ।

यो ईभीमा हाल प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा कम वजन भएको हाई–निकेल ब्याट्रीको प्रयोग गरिएको छ । टेस्ला मोडल थ्रीले चार्जिङ लस सहित १४२ माइल पर ग्यालेन इक्यूभ्यालेन्ट (एमपीजीई) पाएको छ । यो १४७ वाट–आवर प्रति किलोमिटरको बराबर हो ।

समग्रमा हेर्ने हो भने, आकर्षक रेन्ज र साइजका हिसाबले हुन्डाई आयोनिक सिक्स र लुसिड एयर निकै राम्रो पर्फर्मेन्स भएको कार हो । यसमा हुन्डाई आयोनिक सिक्सले इपीए सिटी इफिसिएन्सीको अल–टाइम रेकर्ड कायम गरेको छ ।

लुसिड एयर प्युर÷टुरिङ अल ह्वील ड्राइभ भर्सन भने इपीए हाइवे रेटिङमा १४० एमपीजीई प्राप्त गर्दै नयाँ रेकर्ड बनाएको छ ।


Back_to_top