जापानीज अटो निर्माता कम्पनी इसुजुले सन् २०१७ मा एमयू–७ लाई रिप्लेस गर्दै एसयूभी एमयू–एक्स सार्वजनिक गरेको थियो । हाल, इसुजुले बहुप्रतिक्षित ब्रान्ड एमयू–एक्सको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने योजना बनाएको छ । परीक्षणको क्रममा भारतीय सडकमा देखापरेको इसुजु एमयू–एक्स भर्सनलाई साउथ एसियाली बजारमा रिभिल गरिएको थियो ।
यो एसयूबीमा निक्कै परिवर्तन गरिएको अनुमान गरिएको छ । नयाँ इसुजु एमयू–एक्समा इन्ट्रीग्रेटेड एलईडी डेटाइम रनिङ लाइट्सको साथै प्रोजेक्टर हेडल्याम्स तथा रिम्याड बम्परको विशेषता देख्न सकिन्छ । जसको कारण एसयूभी पहिलाको तुलनामा स्पोर्टी तथा बोल्ड देखिएको छ ।
इसुजु एमयू–एक्स फेसलिफ्टको रियर प्रोफाइलअन्तर्गत टेल लाईट क्लस्टरमा एलईडी लाइट र रिभाइज गरिएको बम्पर लगाइएको छ ।
यसको साथै, फेसलिफ्टको इन्टीरियरमा अलोय ह्वील लगाइएको छ । ड्यासबोर्डको रिडिजाइन गरिएको छ भने, डबलटोन ब्याज र ब्ल्याककलर थिमकासाथ सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
इन्टेरियरमा बुथको प्रयोग गरिएको छ, जसको कारण कार निक्कै प्रिमियम देखिएको छ । इन्फोनेन्ट सिस्टमअन्तर्गत ३.० लिटर डिजेल इञ्जिन दिइएको छ । यसले ७४ बीएचपी पावर र ३८० एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । फेसलिफ्ट भर्सनमा भने, ६ स्पिड गियरबक्ससहित आउने अुनमान गरिएको गरिएको छ ।
नयाँ फेसलिफ्ट ३ लिटर इञ्जिनको अलवा १.९ लिटर टर्बाेचाज्जर्ड डिजेल इन्धनमा समेत आउने छ । १.९ लिटर टर्बोे इञ्जिनले अधिकतम् १४८ बीएचपी पावरका साथै ३५० एनएम टर्क उत्पादन गर्छ ।
इसुजु एमयू–एक्स फेसलिफ्टको लुक निक्कै फ्रेश र स्टाइलिस देखिएको छ । बजारमा यसको प्रतिस्पर्धा टोयोटाको फर्चुनरसँग हुने अुनमान गरिएको छ ।