यस्तो आयो ‘जेको जे-६’को मूल्य

काठमाडौं । आधिकारीक रुपमा आजबाट बिक्री सुरु हुन लागेको ‘जेको जे-६’ नाडा अटो शोबाट बुकिङ खुला भएको छ । आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले जे-६ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिन थालेको हो ।

यसअघि भन्सार प्रयोजनका लागि प्रकाशित अधिकतम खुद्रा बिक्री मूल्य ६९ लाख ९९ हजार रुपैयाँ मूल्य प्रकाशित भएकोमा यसको नयाँ बिक्री मूल्य नाडा अटो शोमा ६६ लाख ९९ हजार तोकिएको हो ।

अफरोड इलेक्ट्रीक भेहिकल जेको जे-६ पछिल्लो समय नेपाली बजारमा चर्चाको विषय बनेको छ । हाल रियर ह्वील ड्राइभ सिस्टममा १३५ किलोवाट क्षमताको मोटरसहित यसको बुकिङ खुला भएको हो ।

केही समयपछि अल ह्वील ड्राइभ अप्सनमा पनि जे-६ उपलब्ध हुने कम्पनी स्रोतले जानकारी दियो । लाइफस्टायल अफरोड सेग्मेन्टमा आएको जे-६ बक्सी डिजाइनमा तयार भएको छ । आधुनिक फिचर लोडेड एसयूभीको एक्सटेरियरको बिभिन्न स्थानमा आई आकारको एलइडी लाइट प्रयोग गरिएको छ ।

पछाडि ढोकामा झुन्डाएर दिइएको छुट्टै टुल बक्सले यसको डिजाइनमा नयाँपन दिएको छ । आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील, २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको कारण यसलाई अफरोड बाटाहरुमा सजिलै गुडाउन सकिने छ ।

अफरोड एसयूभी डिजाइनमा भएर पनि पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेवल-२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियरको पार्किङ सेन्सर जस्ता फिचर यसमा छन् ।

कम्पनीले यो ईभीमा ६५.६९ किलोवाट आवरको व्याट्रीप्याक रहेको यो ईभीले एक पटकको फुल चार्जमा ४०० किलोमिटर सम्मको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।


Back_to_top