एक्सपेङ जी-६ को मूल्य ८५ लाख, एउटा मात्रै भेरियन्ट किन्न पाइने

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङको पहिलो मोडल जी-६ को मूल्य निर्धारण भएको छ । सिजी मोटर्सले एक्सपेङ ब्राण्ड आधिकारीक रुपमा लन्च गर्दै ८४ लाख ९९ हजार रूपैयाँ मूल्य सार्वजनिक गरेको हो ।

नाडा अटो शोमा सार्वजनिक भएको ‘जी-सिक्स’ कम्पनीको पहिलो राइट ह्याण्ड ड्राइभ मोडल हो । अन्तर्राष्ट्रिय बजारमा टेस्लाको मोडल बाईसँग प्रतिस्पर्धा गर्ने एक्सपेङको जी-सिक्समा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ ।

‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-सिक्स ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ ।

यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ ।

एसयूभीको लम्बाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ह्वील पनि १८ र २० इन्चको अप्सन दिइएको छ । एरोडाइनामीक्सलाई ध्यानमा राखेर निर्माण भएको जी–सिक्सको ड्रयाग कोफिसीयन्ट ०.२४८ सीडी रहेको छ ।

बडिस्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनीयम कास्ट इलीमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढि रिजीडीटी पाउन सकिन्छ । यसको क्यावीन क्लीन डिजाइनमा छ ।

टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छन् ।

कम्पनीले जी-सिक्समा १९० किलोवाटको सिङ्गल मोटर रियर ह्वील ड्राइभ भर्सन नेपाल ल्याएको हो ।


Back_to_top