अटो शोमा सार्वजनिक भयो ‘एनएस ४००’, यस्तो छ मूल्य

काठमाडौं । बजाज मोटरसाइकलको पल्सर सिरिजकै सबैभन्दा ठूलो पल्सर एनएस ४०० नेपाली बजारमा सार्वजनिक भएको छ । पल्सर एनएस नाडा अटो शो २०२४ मा सार्वजनिक भएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले दुई महिना अघि मात्र भारतीय बजारमा सार्वजनिक भएको पल्सर एनएस ४०० नाडा अटो शो २०२४ सार्वजनिक गरेको हो ।

कम्पनीले ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकेरे पल्सर एनएस ४०० सार्वजनिक गरेको हो । यो मोटरसाइकल नेपालमा नै एसेम्बल गरेर सार्वजनिक गरेको हो ।

योसँगै कम्पनीले यसको बुकिङ खुला गरेको छ । ग्राहकले ५ हजार रुपैयाँ बुझाएर एनएस ४०० बुकिङ गर्न सक्नेछन् ।

बजाज पल्सर ४०० मा एक्स सेप एइलडी हेड्ल्याम्प, बोल्ड स्टाइल डीआरएल, ट्याकं एक्स्टेन्सन, ग्रायाब ह्यान्डल, स्प्लीट सीट र नयाँ रेडियटरको प्रयोगले मोटरसाइकलको लुक्स निकै आकर्षक देखाएको छ ।

यसमा प्रयोग भएको ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स, स्लिपर असिस्ट क्लच उपलब्ध छ ।

बजाज डोमिनारभन्दा १९ किलोग्राम तौल कम रहेको नयाँ एनएस ४०० जेडमा १२ लिटरको फ्युल ट्याङ्क दिइएको छ । एनएस ४०० जेडको टप स्पीड भने १५४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले नयाँ मोटरसाइकलमा डिजिटल कन्सोल, कलरफुल एलसीडी डिस्प्ले, ४ राइडिंग मोड, ४३ एमएमको यूएसडी फर्क, प्रिलोड एड्जस्टेबल मोनोशक सस्पेन्सन दिइएको छ ।

त्यसैगरी, फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । स्वीचेबल सिस्टमको डबल च्यानल एबीएस, स्वीचेबल ट्रयाक्सन कन्ट्रोल, एग्जस्ट मफ्लर, फुल एलईडी लाइट र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग भएको छ ।

ब्लुटूथ कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट र टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर रहेको मोटरसाइकलमा दिइएको ब्रेक र क्लचलाई मेनुअल्ली एड्जस्ट गर्न सकिन्छ ।


Back_to_top