काठमाडौं । मिनी रेन्ज रोभरको नामले चिनिने जेको जे फाइभ नेपालमा दुई भेरियन्टमा किन्न पाइने भएको छ । नेपालका लागि ओमोडा जेकोको आधिकारिक बिक्रीता एसपीजी अटोमोबाइल्सले जे फाइभको दुई भेरियन्ट उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार जे फाइभको नयाँ प्रो भेरियन्ट नेपालका बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ प्रो भेरियन्टको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
जे फाइभको रेगुलर भेरियन्टको मूल्य भने ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले नयाँ भेरियन्ट सानो ५०.७ किलोवाटको ब्याट्रीमा ल्याएसँगै मूल्य ७ लाख सस्तिएको हो । यसको रेगुलर भेरियन्टमा ५८.९ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।
सानो ब्याट्रीले एकपटकको फुलचार्जमा ४०५ किमी र ठूलो ब्याट्रीले ४६१ किमी एनआइडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।
प्रो भेरियन्टमा ब्याट्री बाहेक अरु सबै फिचर रेगुलर भेरियन्टकै जस्तै समान छन् । दुवै भेरियन्टमा प्यानोरामिक मुनरुफ, स्पेयर टायर तथा लेभल २ एडास उपलब्ध छन् । जसले आराम, व्यावहारिकता र उन्नत सुरक्षा प्रविधिको संयोजन सुनिश्चित गर्छ ।
दुवै मोडलले २८८ न्यूटन टर्क प्रदान गर्ने भएकाले सहज तथा प्रतिक्रियाशील प्रदर्शनका साथै आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव प्रदान गर्छन्।
उन्नत प्रविधि, उत्कृष्ट एसयूभी क्षमता तथा प्रिमियम सुविधाहरूले सुसज्जित जेको जे फाइभ प्रोले ग्राहकलाई आकर्षक मूल्यमा प्रिमियम इलेक्ट्रीक एसयूभी अनुभव प्रदान गर्नेछ ।
दुवै भेरियन्टमा १८५ मिमि ग्राउण्ड क्लियरेन्स, स्पेयर टायर, प्यानोरामिक मुनरुफ, ४८० लिटर बुट स्पेस र ११ वर्षको एक्स्टेन्डेड वारेन्टी उपलब्ध छ ।
जेको जे फाइभ प्रोको आगमनसँगै नेपालमा बढ्दो इलेक्ट्रीक एसयूभी बजारमा जेको को उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ। जेको जे फाइभ प्रोले ग्राहकलाई उत्कृष्ट श्रेणीका सुविधाहरूमा सम्झौता नगरी आफ्नो आवश्यकता, बजेट र ड्राइभिङ रेन्जको प्राथमिकताअनुसार थप विकल्प छनोट गर्ने अवसर प्रदान गर्नेछ।


